काठमाडौँ — बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा टोखा नगरपालिका–२६ नयाँ बसपार्कस्थित निमा गेष्ट हाउसका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नुवाकोटको तादी गाउँपालिका–६ घर भएका सुजन तामाङलाई पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा तामाङले उक्त गेष्ट हाउसमा बालिकालाई सरसफाइको काममा लगाइदिने भन्दै आर्थिक प्रलोभनमा पारी बेश्याबृत्तिमा लगाएका थिए ।
त्यसपछि एक महिनासम्म गेष्ट हाउसबाट बाहिर समेत निस्कन नदिई बिरामी भएको समयमा समेत जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पारेको खुलेको प्रहरीले जनाएको छ ।
तामाङउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिहीबार पक्राउ परेका तामाङलाई शुक्रबार सार्वजनिक गरेको हो ।