स्थानीय तहलाई थप मजबुत बनाउन मधेश प्रदेश सरकार क्रियाशील रहेको,– मुख्यमन्त्री सिंह

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 228
1 मि. पढ्न लाग्ने समय

कलैया–मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले स्थानिय तहलाई थप मजबुत बनाउन मधेश प्रदेश सरकार क्रियाशील रहेको बताएका छन।

कलैया उपमहानगरपालिकाले शुक्रवार कलैयामा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकारबाट प्रदान गरिने शसर्त अनुदानको बजेट स्थानिय तहकै सिफारिसमा खर्च हुनेगरी व्यवस्था गर्न लागिएको जानकारी दिए ।

पहिलाको सरकार जस्तै आफ्नो नेतृत्वको सरकारले कार्यकर्तालाई बजेट बाँडने कार्य नगरी जनताको आवस्यक्तालाई मध्यनजर गर्दै काम गरिने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता गरिरहेका कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले पहिलाका मुख्यमन्त्री तथा मन्त्रीहरुले कमिशन बिना बजेट तथा योजना नदिएको गुनासो गर्दै अबको नेतृत्वले त्यसमा ध्यान दिनुपर्ने बताए।

उनले यसअघिका सरकारले कलैया उपमहानगरपालिकासंग व्यापक विभेद गरेको जनाउंदै यहाँको बिकाशका लागि प्रदेश सरकारको लगानी आवस्यक रहेको बारे मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण गराएका थिए।

मुख्यमन्त्री सिंहले कलैयाको गौरवको योजनाको रुपमा रहेको वडा नं १ मा निर्माणाधिन ‘टाउन हलको अनुगमन तथा कलैया उपमहानगरपालिका २४ स्थित कृषि मेलाको उदघाटन समेत गरेका थिए।

सो अवसरमा उपप्रमुख रौशन प्रविन, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतकाले मुख्यमन्त्री सिंहलाई दोसल्ला ओढाई मायाको चिनो सहित सम्मानित गरेका थिए।

सिंहसंगै जनमत पार्टिका बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेल लगायतको कार्यक्रममा सहभागिता थियो ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस