बारामा सुरक्षा खोज्दै गाउ झरेको चितुवा ठक्करले मारियो

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 2.7k
3 मि. पढ्न लाग्ने समय

पवन यादव
बारा– बारा सदरमुकाम कलैया वन जंगल क्षेत्रबाट करीब १४ किलोमिटर दक्षिणमा पर्दछ । तर साविक वन क्षेत्रमा लामीडाडा, पिलुवा, डकाहा, कतर्वा लगायत गाउ बसेपछि वन्यजन्तु आक्रान्त बनेका छन । वन क्षेत्र मासिने क्रम बढेसंगै सुरक्षित स्थानको खोजी गर्दै वन्यजन्तुहरु पछिल्लो समय वन्यजन्तुहरु बस्ती छिर्न थालेका छन ।

वनमा बस्ने बाघ, चितुवा, हाती, मृग, बदेल, निलगाई सहितका वन्यजन्तु वनबाट वाहिरिएर जनधनको क्षति पुर्याउन थालेका छन । वनबाट बाहिरिएका अधिकांश वन्यजन्तु कलैया उपमहानगरपालिकाको विभिन्न वडामा देखा पर्न थालेका छन ।

वन्यजन्तुको लागी ईपीसेन्टर बन्दै गएको गएको कलैया उपमहानगरपालिका क्षेत्रमा कहिले वन्यजन्तुले जनधनको क्षति पुर्याउने त कहिले वन्यजन्तु मानविय शिकारको चपेटामा पर्ने क्रम बढेको छ ।

वनबाट बिच्कीएर कलैया उपमहानगरपालिका १६ विद्यानगरमा आईपुगेको चितुवा नचिनेको सवारीको ठक्करबाट मारिएपछि स्थानीय वासिन्दा आश्चर्यमा परेका छन ।

कलैया–पिलुवा खण्ड अन्र्तगत विद्यानगर र उत्तरझिटकैया गाउको बीचमा पर्ने खुल्ला स्थानमा सडक क्रस गर्ने क्रममा शुक्रवार अपरान्ह करीब साढे ३ बजे तिब्र गतिमा रहेको सवारीसंग ठोकिएको थियो ।

सवारीसंग ठोकिएको चितुवाको घटनास्थलमै मृत्यु भएको थियो । सवारीको ठक्करबाट सडकमै मारिएको चितुवा हेर्न सर्वसाधारणको लर्को लागेको थियो ।

चितुवा हेर्न लागेको भिडलाई सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण हेडक्वाटर उत्तरझिटकैयाबाट खटिएको सशस्त्र प्रहरीको टोली र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको नेपाल प्रहरीको टोलीले नियन्त्रण गरेको थियो ।

मरेको चितुवा हेर्न पुगेका स्थानीय धुरेन्द्र पटेलले गाउमा कसरी चितुवा आईपुगेको भन्दै आश्चर्य व्यक्त गरे । ‘चितुवा नमरेको भए त्यसले ठ्लो धनजनको हानी नोक्सानी पुर्याउन सक्थ्यो,’ उनले भने, ‘गाउ आईपुगेको चितुवा मरेसंगै त्यसले गाउलेको लागी निमत्याउन सक्ने ठुलो दुर्घटना टरेको छ ।’ चितुवाले वस्तुभाउ मात्र होईन । घास काट्न निस्कीने महिला, बालबालिकालाई हानी नोक्सानी पुर्याउने थियो । तर मरेपछि आफुहरु ढुक्क भएको उनले बताए ।

बेलाबेलामा हिंसक वन्यजन्तु गाउ वरपरको झाडी, जंगलमा देखा पर्ने गरेको पटेलले जानकारी दिए ।

एक वर्ष अगाडी चितुवाले उत्तरझिटकैया गाउको ६० वटा भन्दा बढी खशी बाख्रालाई मारेर खाएको थियो । त्यसपछि लुप्त बनेको चितुवा एक्कासी मरेको अवस्थामा फेला परेको अर्का स्थानीय गोविन्दा यादवले बताए । यस वर्ष चितुवाले जनधनको क्षति नपुर्याएको उनले बताए ।

गत असार १८ बिहान वनबाट बिच्कीएर कलैया उपमहानगरपालिका २ औधापुरमा आईपुगेको जंगली हातीले खेतमा काम गर्दै गरेका स्थानीय रामदेव पटेललाई मारेको थियो ।

हातीको आक्रमणबाट गम्भीर घाईते भएका पटेललाई उपचारको लागी कलैया अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

विभिन्न राजनीतिक दलहरुको संरक्षणमा रहेका वन अतिक्रमणकारीले वन क्षेत्रलाई वस्तीमा परिणत गर्न थालेपछि वन्यजन्तुहरु असुरक्षित ठानेर बस्तीतिर आउन थालेको विद्यानगरका हरीनारायण कुशवाहाले जानकारी दिए ।

वस्तीमा जानबाट रोक्न सरकारले वन क्षेत्रलाई जोगाउन र संरक्षित गर्नु पर्नेमा निर्वाचित जनप्रतिनिधी समेत रहेका कुशवाहाको जोड छ ।

यो लेख शेयर गर्नुहोस