तराई–मधेशमा मौलिक पर्व झिझियाको रौनक

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.5k
5 मि. पढ्न लाग्ने समय
lemlemofsf] /f}gs M af/fsf] sn}of pkdxfgu/kflnsf !^ pQ/lem6s}ofdf d+unjf/ /ftL lemlemof v]Nb} :yfgLo lszf]/Lx? . clxn] t/fO{df lemlemofsf] /f}gs 5fPsf] 5 . t:jL/ M kjg ofbj÷sflGtk'/

पवन यादव
बारा– ‘डाईन भत्तर कट्नो ज्वाईन गुण सिंखलो–अपने सिखली, अपना बेटियाके सिखवली–आ पतोहिया के देहली सनकाईयो हे ।’ ‘खईबे त खो डैनी कोतरा मच्छरीया–ना कोतरा त चिबैबे अपन भतरा ।’ भोजपुरी भाषामा आफैले तयार गरिएको यस्ता लोक झिझिया गीत गाउदै तराईमा घटस्थापना (बिहिवार) देखी मौलिक पर्व झिझिया सुरु भएको छ ।

बारा सदरमुकाम कलैया लगायत प्रदेश नं. २ को पर्सा देखी सप्तरी सम्मका ग्रामिण तथा शहरी क्षेत्रमा झिझिया सुरु भएको हो ।

यहाका किशोरी तथा महिलाहरुले झिझिया खेल्न सुरुगरेपछि तराईमा दसै लागेको अनुभव गरिएको स्थानीयले बताएका छन । झिझियाको रौनकले गाउ तथा शहमा रातको माहौल रमणिय बनेको स्थानीयले बताएका छन ।

प्रत्येक वर्ष असोज महिनामा घटस्थापनाको राती देखी विजयादशमी सम्म अर्थात नौरथा अवधी भरी तराईमा झिझिया खेल्ने चलन परापुर्वकाल देखी रही आएको कलैया उपमहानगरपालिका १६ विद्यानगरका ईन्द्रदेव कुशवाहाले जानकारी दिए ।

यहाका भोजपुरी भाषी किशोरीहरुले यसरी नै विभिन्न किसिमले दसै मनाउने गर्छन । धार्मिक पुजापाठ गरेर मनाईने यस पर्वलाई झिझियाले झन्न सिंगारेको उनको ठम्याई छ ।

यहा“का तराई मुलका हिन्दु धर्म मान्ने परिवारका किशोरीले झिझिया पर्व हर्षोल्लास पुर्व मनाउदै आएका छन ।

तराईको बारा, रौतहट, पर्सा, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, नवलपरासी लगायत छिमेकी देश भारत बिहारको विभिन्न गाउ÷शहरमा बसोवास गर्ने मधेशी, थारु, दलित लगायत समुदायका किशोरीहरु झिझिया खेल्ने गरेको स्थानीयको भनाई छ ।

घटस्थापना देखी विधिवत सुरु यो मौलिक पर्व नौरथा भरी किशोरीहरुले नाचगान गरेर मनाउने गर्छन । तराईको यो मौलीक पर्वको रुपमा विशेष गरी ग्रामिण भेकका किशोरीहरुको सहभागिता बढी रहने गरेको स्थानीयको भनाई छ ।

‘टोल–टोलका किशोरीहरु समुह बनाई सामुहिक रुपमा झिझिया गित गाउने र नृत्य गर्ने गर्छन,’ उत्तरझिटकैयाकी बृद्धा घवलर देवीले भनिन, ‘हामीले पनि सानो छदा दिबहिनीहरुसंग यसरी नै झिझिया पर्वमा सहभागी हुन्थ्यौं ।’ झिझिया पर्व मनाउन कुनै कुनै गाउमा १०÷१२ वटा भन्दा बढी समुह बनाएर किशोरीहरुले झिझिया खेल्ने गरेको उनले जानकारी दिईन ।

उनका अनुसार समुहहरु एक आपसमा उत्कृष्ट बन्न प्रतिस्पर्धा समेत गर्ने गर्छन । नौरथामा कथित बोक्सी र तान्त्रिकहरुले आफ्नो मन्त्र सिद्ध र प्रयोग गर्ने हुदा तिनको प्रकोप कम गर्न यसरी झिझिया गीत र नृत्यको आयोजना हुदै आएको जनविश्वास छ ।

जुन गाउ“ टोलका किशोरीले यस्तो गीत– नृत्यको आयोजना गर्छन त्याहा“ बोक्सीको तन्त्रमन्त्रको कुनै असर नपर्ने परम्परागत विश्वास रही आएको उनले जानकारी दिईन ।

किशोरीहरुले माटोको घैला खरीद गरी फलामको सुवाले त्यसमा असंख्य प्वाल पारेर झिझिया बनाउने गर्छन । घैटो र त्यसमा बाल्ने दियो, मट्टीतेल आदी खरीद गर्न उनीहरुले अभिभावकबाट आर्थिक सहयोग जुटाउछन ।

यसपालीको एउटा झिझिया बनाउन झन्डै अढाई एक सय रुपैया“ भन्दा बढी खर्चिनु परेको बारा उत्तरझिटकैयाकी किशोरी खुश्बु मण्डलले जानकारी दिईन ।

माटोको घैटा, त्यसमा राख्न दिप, मट्टीतेल लगायतका समाग्री खरीद गर्नमा उक्त रकम खर्चिनु परेको उनले बताईन ।

‘झिझिया बनाउन निकै मिहनेत गर्नु पर्छ,’ उनले भनिन, ‘लामो समय लगाएर घैटोमा चारै तिर स–साना प्वालत बनाउछौं ।’ झिझिया खेल्न उनको नेतृत्वमा एक दर्जन बढी किशोरीहरु उनका समुहमा सम्मिलित छन ।

उनका अनुसार झिझिया खेल्न माटोको गाग्रो (घैटो) मा असंख्य छिद्रा (प्वाल) बनाईन्छ । गाग्रो भित्र माटोको दियो बालेर गाग्रोलाई टाउकोमा बोकेर रातको समयमा किशोरीहरुको समुह गाउ“ टोलका सबै घर दैलोमा पुगी नाच गान गर्छन ।

गाउलेहरु किशोरीहरुले झिझिया खेलेको दृश्य घण्टौ सम्म अभिरुची पुर्वक हेर्ने गर्दछन । टाउकोमा बोकेका गाग्रोलाई किशोरीहरुले स्थिर नराखी आफु नाच्दै गाग्रो घुमाई राख्छन् । यस्तो गाग्रोमा रहने छिद्राहरुको गणना भुत, प्रेत, दुष्टात्मा, बोक्सी आदीले गरेमा झिझिया बोकेकी युवतीको मृत्यु हुन्छ । त्यही डरले युवतीहरु गाग्रो नचाउदै हिडछन बुढापाकाहरुको भनाई छ ।

गाग्रोमा भएको छिद्राको गणना सजिलै गर्ने सम्भावना रहने गर्दा त्यस्तो भए तीनीहरुको प्रकोपले घरमा रोग ब्याध, कलह बढने मान्यता रहेको उत्तर झिटकैयाका पुरोहित धिरेन्द्र मिश्राले बताए ।

दुष्टात्माको प्रतिकको रुपमा गाउका किशोर युवाहरुले किशोरीहरुले निर्माण गरेको झिझिया फोडने प्रयास गर्ने गरेकाले धेरै सतर्कता पुर्वक किशोरीहरु झिझिया गाउ घुमाउने गर्दछन ।

कतिपय युवाले गिती शैलीमा गाली सुनेर मनोरंजन गर्न किशोरीहरुको समुहको झिझिया ढुङ्गाले फुटाई पनि दिन्छन । आफुले पनि सानोमा यसरी झिझिया फुटाएको स्मरण गर्दै स्थानीय उमेश प्रसाद यादवले त्यस क्रममा पक्राउ परेका किशोरलाई किशोरीहरुको समुहले गाली गर्दै कुटपिट पनि गर्ने गरेको बताए ।

त्यस क्रममा परेशान भएकी युवतीहरुको समुहले .‘जिन मोरा झिझिया पर रोडिया चलईये–भरल दसैं मे भोगवे ना पइये हो ’। ‘जस्ता गाली गीत गाउदै केटाहरुको समुहलाई किशोरीहरुले लखेटन सुरु गर्छन,’ उनले भने, ‘समातिएको केटालाई कुटाई गर्न पनि पछि पर्दैनन ।’ झिझिया खेल्ने क्रममा किशोरीहरुले बोक्सीलाई सराप्दै आफ्ना दाजु भाईको सुस्वास्थ्य र दिर्घायुको कामना समेत गर्ने गरेको उनले सुनाए ।

नौरथा अवधी भर झिझिया खेलेपछि विजया दशमीको रात झिझिया खेलेको गाग्रोलाई किशोरीहरुले गाउ नजिकको जलाशयमा सेलाउने गर्छन ।

यो लेख शेयर गर्नुहोस