मधेश प्रदेशमै एक करोड बिरुवा रोपिदै

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 196
2 मि. पढ्न लाग्ने समय
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 46;

बारा– मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले मधेश प्रदेशका एक सय ३६ वटै पालिकामा एक करोड बिरुवा रोप्ने योजना आफुले अघि बढाएको बताएका छन ।

राधाकृष्ण प्रणामी मन्दिर औवधापुरको आयोजनामा कलैया उपमहानगरपालिका वडा नम्बर २ स्थित कृष्ण प्रणामी मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रमको उदघाटन गर्दै कार्याक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री साहले पालिकामा रहेको खाली जग्गा, धार्मिक तथा पर्यटकिय स्थल, अतिक्रमण खाली गराईएको वन क्षेत्र समेतमा वृक्षारोपण गर्ने योजना वन तथा वातावरण मन्त्रालयले अगाडी बढाएको बताए ।

मधेश प्रदेशको जनसंख्याको अनुपातमा वन क्षेत्र घटदै गईरहेकोमा उनले चिन्ता व्यक्त गर्दै वातावरण जोगाउन रुखको महत्वपुर्ण भुमिका रहने उनले बताए । ‘वन छ त पानी छ, पानी छ त हामी छौं’ भन्दै उनले जलवायु परिवर्तनको प्रभाव न्युनीकरण गर्न सबैले वन तथा जोगाउन ध्यान पुर्याउनु पर्ने बताए ।

मन्दिर व्यवस्थापन समितीका अध्यक्ष देवराज पटेलको अध्यक्षतामा भएको कार्यक्रमलाई मधेश प्रदेश सरकारकै वन तथा वातावरण राज्यमन्त्री रंन्जु खंग, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य पारस साह, जनमत पार्टीका राजनीतिक समिती सदस्य प्रभु पटेल, जनमत पार्टीकै जिल्ला अध्यक्ष शिवनाथ पटेल, नेपाली कांग्रेसका लुकेस सिंह, नेकपा माओवादी केन्द्रका नेता मुकेस साह, धर्म गुरु संजय प्रणामी लगायतकाले बिरुवा रोप्नु भन्दा बिरुवा हुर्काउनु महत्वपुर्ण काम भएको बताएका थिए ।

उक्त अवसरमा मन्त्री साह सहितका नेता कार्यकर्ता तथा स्थानीयले मन्दिरमा विधिपुर्वक पुजाआजा समेत गरेका थिए । त्यस क्रममा भजनकिर्तन समेत गरिएको थियो ।

यो लेख शेयर गर्नुहोस