बारा– मधेशको माँग सम्बोधन गराउन लामो समय देखी गरिदै आएको सडक र सदनको संघर्ष नछोडने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन ।
लोकतान्त्रिक समाज वादी पार्टी बाराको बिहिवार कलैयामा कार्यालय उद्घाटन गर्दै उनले माग पुरा नभएसम्म संघर्ष जारी रहने बताए ।
कार्यालय उदघाटन पछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले माँग सम्बोधन गराउन आफूहरु लागि परेको जानकारी दिए ।
मधेश आन्दोलनको क्रममा मधेशी पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरुलाई विभिन्न अभियोग लगाई जेल जिवन विताउन बाध्य पारिएको उनले बताए ।
‘अहिले पनि हाम्रा थुप्रै साथीहरु जेलमा छन,’ उनले भने, ‘उनीहरुलाई जेलमुक्त गराउन हामी प्रयत्नरत छौ ।’ राजनीतिक मुद्दालाई विभिन्न अभियोग लगाई उनीहरुलाई जेल जिवन विताउन बाध्य पारिएको उनले जिकिर गरे ।
सरकारसँग समवन्य गरेर उनीहरुलाई चाँडो भन्दा चाडो जेलमुक्त गराउने र सबै अभियोगहरु खारेज गराउन आफुहरु सक्रिय रहेको उनले दाबी पारे । उनीहरुलाई जति सक्दो चाडो मुद्दाबाट सफाई दिलाई बाहिर ल्याउने उनले जानकारी दिए ।
मधेशको सबैभन्दा ठूलो समस्या नागरिकता रहेको र त्यो समस्या अहिलेसम्म सम्बोधन हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । अहिले पनि मधेशका जनताहरु नागरिकताबाट वञ्चित छन् । नागरिकता विहिन मानिस प्राण विनाको प्राणी जस्तै भएको उनको भनाई थियो ।
संविधानमा मधेशको माँग अहिले पनि लिपिबद्ध हुन नसकेकोले संविधान संशोधन गरि उठाएका माँगहरु सम्बोधन गराउन आफुहरु संघर्षरत रहेको उनले बताए ।
एक अर्को प्रसंगमा बोल्दै अध्यक्ष ठाकुरले जनता समाजवादी पार्टीका नेता उपेन्द्रले नै पार्टी फोडेको आरोप लगाए । यादव नै पहिला निर्वाचन कार्यालयमा पार्टी दर्ता गराउन गएको उनले दावी गरे ।
पत्रकार सम्मेलनमा बोल्दै लोसपा नेता तथा प्रदेश २ का पूर्व भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ४÷५ वटा पार्टी मिलाएर बहुमत सिद्ध गरेको जानकारी दिए ।
मुख्यमन्त्री राउतले मधेशीको गरिमा घटाउने काम गरेको उनले आरोप लगाए । मुख्यमन्त्री राउतले संघीयतामा आघात पु¥याएको र मधेशका ५४ लाख मधेशीको गरिमा घटाउने काम गर्दै आएको उनले बताए । उनी अहिले नैतिकताको कठघेरामा फसेको नेता सोनलले जानकारी दिए ।
उक्त अवसरमा लोसपाका नेताहरु मा.अकवाल अहम्म्द, मा.एकवाल मिया, जिल्ला समन्वय समिती बाराका अध्यक्ष नवलकिशोर सिंह, परवानीपुर गाउपालिका अध्यक्ष हरीनारायण साह, प्रसौनी गाउपालिका अध्यक्ष भोला गुप्ता, देवताल गाउपालिकाका अध्यक्ष चन्दन सिंह, लोसपाका केन्द्रिय सदस्यहरु श्याम गुप्ता, संजय पाण्डे, डा.कमरुल्लाह अंसारी, अरुण कुमार सिंह लगायतको उपस्थिती थियो ।