सिरहामा मनी ट्रान्सफर सञ्चालकको १५ लाख लुटियो

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 2.5k
1 मि. पढ्न लाग्ने समय

सिरहा— सिरहा नगरपालिका वडा नं ८ बाट आइतबार एक मनी ट्रान्सफरका सञ्चालक लुटिएका छन् । सिरहाबाट विष्णुपुर गाउँपालिका तर्फ मनी ट्रान्सफरको १५ लाख रुपैयाँ लिएर जाँदै गरेका शिव मनी ट्रान्सफरका सञ्चालक कुशेश्वर यादव लुटिएका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनाले यादवलाई रोकेर पेस्तोल देखाई उनीसँग भएको रकम लुटी महिसाउथा तर्फ भागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लुटपाट गर्ने हतियारधारी समुहको खोजी कार्य सुरु गरिएको र घटनाबारे थप अनुसन्धान समेत सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए । पछिल्लो समय मधेश प्रदेशका जिल्लामा लुटपाटको घटना बढेको छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस