सुकुम्बासी र कवाड व्यवसायीहरुको सुरक्षा गर्न प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेसंग माग

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 2.3k
6 मि. पढ्न लाग्ने समय

काठमाण्डौं–आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले काठमाडौंमा सुकुम्बासी र कवाड व्यवसायीहरुको सुरक्षाको माग प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेसंग गरेका छन । उनीहरुको सुरक्षाको प्रत्याभूति नगराईए काठमाडौं महानगरमा आफ्नो स्काभेटर चलाउने चेतावनी समेत उनले दिए ।

जनआन्दोलन दिवसको अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित बृहत्त जनप्रदर्शन सहितको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री समेत रहेका अध्यक्ष साहले काठमाडौं महानगरका मेयर बालेन शाहलाई लक्षित गरी यस्तो चूनौति दिएका हुन् । बालेनले सुकुम्बासी र कवाड व्यवसायीहरुमाथि धरपकड सुरु गरेपछि पुर्वमन्त्री साहको यसरी आक्रोश पोखेका हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेलाई उनले काठमाडौंमा गरिखाने वर्गलाई सुरक्षा नदिईए आाफूले त्यसको प्रतिकार गर्ने र उत्पन्न परिस्थितिको जिम्मापनि राज्यले नै लिनुपर्ने खुला चूनौति समेत दिए ।

शनिवारकै प्रदर्शनबाटै अध्यक्ष साहले तेस्रो जनआन्दोलनको उद्घोष समेत गरे । ‘तपाईंहरुलाई साक्षी राखेर हामी सहीदहरुको सपना साकार पार्ने प्रण गर्दछौं,’ विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘मुलुकमा पहिलो र दोस्रो जनआन्दोलन भैसकेको छ । आज तेस्रो जनआन्दोलनको उद्घोष हो ।’ अहिलेको लुटकारी दलतन्त्रको खारेजीको लागि यो तेस्रो जनआन्दोलनको उद्घोष हो ।

नेपालको समृद्धिको लागि अहिलेको लुटकारी व्यवस्था अन्त्य गर्नुपर्छ । जनआन्दोलन पार्टी र जनता मिलेर गरिएको थियो । नेताहरुले व्यवस्थामाथि बेइमानी गरे । जनता लाचार र निरीह भए । देशमा पार्टीको सिण्डिकेट भएको छ । जनता लाचार भएर बस्ने लोकतन्त्र हामीलाई चाहिएको छैन् ।’ जनआन्दोलन गर्दा नेपालबाट राजाको शासन हटाएर जनताको शासन हुने भनिएको भएपनि राजसंस्था हट्दापनि देशमा जनताको असली शासन नआएको उनले टिप्पणी गरे ।

उनले भने,‘यो देशमा त नेता र पार्टीको लागि मात्रै लोकतन्त्र भयो । आजपनि देश जहाँको त्यहीँ छ, नेपाली जनताको बलमा यो देशमा हरेक नयाँ किर्तीमानी खडा भएको छ ।’ हाफुहरु जनताकै बलमा यो देशलाई नयाँ उचाई दिलाउने बताउदै उनले नेपालमा शासकहरुले जुन ढंगको संस्कृति र माहोल निर्माण गर्दैछन्, त्यसबाट अहिले जनतामा निराशा छाएको र आफुहरु निराशामा रहेका जनतालाई माथि उकास्न प्रयास गरीरहेको उनले बताए ।

अध्यक्ष साहले आफू नेतृत्वको पार्टी आजपाको स्थापनाको एक वर्षमात्रै व्यतित भएको स्मरण गराए । उनले भने,‘हाम्रो पार्टी स्थापना भएको एक वर्ष भयो, यो पार्टी अझैपनि शिशु अवस्थामा नै छ । हाम्रो पार्टीले दलतन्त्र र लुटकारी व्यवस्था हटाउने भनेर उद्घोष गरेको छ । आन्दोलनको नेतृत्व गरेको छ । यसमा हमलाई गौरवको अनुभुति भएको छ ।

विदैशिक ठग, भ्रष्टाचारीहरु, भगौडा दलाल वर्ग, लुटकारी कर नीतिको विरुद्धमा हामीले नेतृत्वदायी रुपमा आन्दोलन गरेका छौं । हामीले किसानको पक्षमा, मदरसा शिक्षा, समान शिक्षाको लागि अनि दलित आवास र रोजगारीको लागि लडेका छौं । किसानको सम्मान र पेन्शनको लागि लड्दै आएका छौं । गौर हत्याकाण्डा पीडितको पक्षमा लडिराखेका छौं । आरती साहको न्यायको लागि अनि दिलिप महतोको न्यायको लागि पनि लडेका छौं । कवाड व्यवसायीहरुको पक्षमा लडेका छौं । आज हामी कवाडीहरुको बीचमा छौं ।’

उनले काठमाडौंमा केही मान्छेले सूर्य पूर्वबाट उदाउँछ भन्ने थाहा हुँदाहुँदैपनि पश्चिमबाट उदाउँछ भनेर भन्ने गरेको उल्लेख गर्दै काठमाडौंमा कवाडीहरुले फोहोर सफा गरेको अवस्थामा उल्टै फोहोर गरेको भनेर यहाँबाट विस्थापित गर्न खोजिएकोमा आक्रोश पोखे ।

उनले भने,‘यो काठमाडौंमा फोहोर गर्नेहरु सम्मानित हुने अनि फोहोर सफा गर्नेहरु सजायको भागिदार हुनुपर्ने हो ? हामी यो दिन उल्टाउनेछौं । नेपालको पुँजी लुटेर विदेश लैजानेहरु सम्मान हुने अनि यहाँ केही गरौं भनेर आफ्नै देशका नागरिक काठमाडौं आउँदा लखेट्ने प्रवृत्ति अब हामी रहन दिनेछैनौं । श्रमिकहरुको अपमान हुने अनि श्रम चोर, भ्रष्टाचारी र ठगहरु सम्मानित हुने अवस्था बदल्न चाहन्छौं ।’ पूर्वमन्त्री साहले काठमाडौं आम नेपाली जनताको लागि भएको र त्यसमा पनि इमानदार र बहादुरहरुको लागि भएको उल्लेख गरे । उनले भने, ‘यो काठमाडौं गरिखानेहरुको लागि हो ।

आम बहादुरहरुको लागि हो । अनि ऋषिमुनिहरुको हो । भगवान पुशपतिनाथको हो । तर, अहिले काठमाडौं लुटेराहरुको बनाउन खोजिएको छ । दुनियाँलाई कल्याण गर्नेहरु बस्ने काठमाडौंलाई इमानदार मानिस चाहिएको छ । दुनियाँको कल्याण गर्ने नेतृत्व चाहिएको छ । तर, केही दुष्टले काठमाडौंलाई अर्कै बनाउन चाहेका छन् ।’

साहले देशमा गरिबी बढिरहेको भन्दै त्यसको जिम्मेवारी कसले लिने र त्यसको जवाफ कसले दिने रु भन्दै प्रश्न तेर्साए । उनले भने,‘सुकुम्बासी बनाउने यहाँको शासकहरु होईन रु तिमीहरुको पुर्खाको कुकर्मले यो भएको हो । गरिबी हटाउने होइन गरिब भगाउने भनेर शासकले भनेको छ ।

हामी भन्छौं गरिबलाई भगाउने होई बरु गरिबी हटाउनुपर्छ । रोजगारी दिन नसक्नेलाई रोजगारी खोस्ने अधिकार कसले दियो रु काठमाडौंको सफाई गर्नेले अ बगलत गर्नेहरुको सफा गर्नुपर्छ । कवाडीहरुले काठमाडौंको सफाई गरिरहेको छ । शहरको सफाको लागि कवाड छ । अब कवाड व्यवसायीहरुले तेरो कुकर्मको फोहोर सफा गर्नेछ ।’

साहले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेको नाम नै लिएर गरिखाने वर्गको सुरक्षा नभए काठमाडौंमा आन्दोलनको आँधीबेहरी आउने चेतावनी दिए । उनले भने,‘प्रधानमन्त्री म भन्न चाहन्छु–सुकुम्वासीको रक्षा हुन्छ कि हुँदैन् । हुँदैन भने प्रभु साह चुप लागेर बस्दैन् । म गृहमन्त्रीलाई सोध्न चाहन्छु–काठमाडौंमा कवाडीहरुको रक्षा हुन्छ कि हुँदैन् । यदि कवाडीहरुको कारखानामा डोजर चल्छ भने महानगरको कार्यालयमा प्रभु साहको स्काभेटर लाग्छ ।

अब गरिबीहरु मात्रै कानून मानेर बस्दैनन् । देशमा राजतन्त्र हटिसकेको छ । ठूलालाई चैन अनि सानालाई ऐन लाग्ने कुरा हुँदैन् । यो उद्घोषसभा हो । यो उपस्थितिले धेरै जवाफ दिईसकेको छ ।

 

यो लेख शेयर गर्नुहोस