बारा– राजमार्गमा बस जहिले पनि तिब्र रुपमै गुड्ने गर्छ । शहरी क्षेत्रमा अलि गति कम गरेपनि बाहिरी क्षेत्रमा त तुफान हुन्छन । ‘साना सवारीलाई तर्साउदै हिडने नाईट बसका चालकले रातको समयमा त बत्ती नै डिम गर्दैनन् । त्यसमा पनि उनीहरुको ब्रेकमा त खुट्टा नै टिक्दैन् । यो अवस्थामा गुडेको नाईट बसले चेकपोष्टमा खटिएको ट्राफिक प्रहरी जवानलाई शुक्रवार राती ठक्कर दिई मारेको छ ।
राजमार्गमा खटिएको ट्राफिक प्रहरीले चेकजाचको नाममा दुःख दिएको भनी ठान्दै चालकले आवेशमा आएर उनीहरुको जिव नजिकै तिब्र गतिमा गाडी रोकेर तर्साउने गरेको घटनाहरु पनि थुप्रै रहेको जानकारहरुले बताएका छ ।
यही प्रकृतिको घटनाबाट अस्थायी ट्राफिक प्रहरी पोष्ट अमलेखगंजमा कार्यरत ट्राफिक प्रहरी जवान पर्साको छिपहरमाई गाउपालिका मिर्जापुर निवासी मुनटुन यादवको शुक्रवार राती ज्यान गएको हो ।
पुर्वपश्चिम राजमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगंज स्थित राजमार्गमा ड्युटी खटेका ट्राफिक प्रहरी जवान यादव बसको ठक्करबाट गम्भिर घाईते भएका थिए । गम्भिर घाईते यादवको उपचारको क्रममा शुक्रवार राती साढे ११ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
काठमाडौंबाट काँकरभिट्टाको लागी छुटेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसले ठक्कर दिदा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
रातिको समयमा चोकमा ड्युटी खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलाग्दा उक्त दुर्घटना भएको डिएपी न्यौपानेले दाबी गरेका छन ।
प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । मृतक यादवको शव परिक्षण पछि अन्तिम संस्कारको लागी परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।