आम जनताको घर घरमै पुगेर ८४ मिसन सफल पार्छौ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 2.5k
3 मि. पढ्न लाग्ने समय

बारा– आम जनताको घर घरमै पुगेर मिसन ८४ लाई सफल बनाउन पार्टीे क्रियाशिल रहेको नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन ।

बाराको कलैया स्थित एक होटलमा आयोजित एमाले बाराको ११ औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पोखरेलले ८४ मा बहुमतको सरकार बनाउने योजनामा लागी परेको उनले स्पष्ट पारे ।

देशमा बढेको अनियमिता, बेतिथी, अत्याचार र बिरोधको अन्त्यको लागी पार्टीले काम गरीरहेको र यसमा देशैभरीका सबै नेता कार्यकर्ता अहिले देखी नै अगाडी बढनु पर्नेमा उनको जोड थियो ।

एमालेलाई किनारा लगाउन देशैभरीका राजनीतिक शक्ति संगठित भएर लागे पनि एमाले प्रतिको जनविश्वासलाई तोड्न नसकेको उनको भनाई थियो ।

नेकपा एमालेको सरकारले अब बिकासको अगुवाइ गरि देशमा बढेको अनियमितता र अत्याचारको बिरोधको काम गर्ने दाबी समेत उनले गरे । वर्षौ देखी अलपत्र परेको हुलाकी राजमार्ग केपी शर्मा ओलीको सरकारले ४ अर्व रकम निकासा गरि हुलाकी राजमार्ग निर्माण गरि जनताको अगाडि पस्केको उनले स्पष्ट पारे ।

साथै पुर्व पश्चिम् राजमार्गलाई स्तोरनती गरि अब ४ लेनको सडक निर्माण गर्न यहीँ सरकारले काम गर्ने उनले ठोकुवा समेत गरे । उक्त अवसरमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं भौतिक पुर्वाधार बिकास मन्त्री रघुबिर महासेठले नेपाली काङ्ग्रेसका सरकारले २ सय ७० बर्षमा ७ हजार किलोमीटर सड्क निर्माण गर्दा आफू निकै राम्रो काम गरेको धाक लागाइरहेको बेला नेकपा एमालेको सरकारले मात्र २ वर्षमा ५ हजार ४ सय ९८ किलोमीटर सडक बनार्इ देशलाई नै चकित पारेको र आउने दिनमा नेकपा एमालेकै सरकारले देशलाई समृद्ध बनाउने दाबी उनले गरे ।

सो अवसरमा नेपाल सरकारका कृषि पशुपन्छी बिकास मन्त्री ज्वाला कुमारी साहले पुरै देशमा मधेस प्रदेश पिछडिएकाले यहाको किसानको सहुलियतको लागि विभिन्न ठाउँमा चिस्यान केन्द्र, सिचाइको व्यवस्था र किसानहरुको लागि उचित बजारको व्यवस्थापन गरि किसानलाई समृद्ध बनाउने आश्वासन बाडिन् ।

दक्षिणपन्थी अवसरबाद र संगठ्नात्मक अराजकतालाई पराजित गर्न आग्रह गर्दै उनले जबजको मार्गदर्शन र समाजबाद्को अधार निर्माण गर्न सबै पार्टी पंक्तिलाई आग्रह गरिन ।

उक्त कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश प्रदेश कमिटीका सचीव मनोज पौडेल, मधेस प्रदेशका भौतिक पुर्वधार मन्त्री सरोज यादव, मधेस प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मन्ड्ल, नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं वारा निर्वाचन क्षेत्र न १ का निर्बाचित प्रतिनिधि सभा सदस्य अच्युत मैनाली लगायतकाले अधिबेशनको सफल्ताको शुभकामना दिएका थिए ।

एमालेका जिल्ला कमिटीका अध्यक्ष बिनोद साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचीव अध्यान्द पाण्डे तथा स्वागत मन्तव्य जिल्ला कमिटीका उपाध्यक्ष टिना सुबेदीले गरेका थिए ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस