रौतहटको मौलापुर मधानी महोत्सवमा ७३ लाख खर्च सार्वजनिक

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.8k
2 मि. पढ्न लाग्ने समय

रौतहट– जिल्लाको मौलापुर नगरपालिकामा आयोजित मौलापुर मधानी महोत्समा ७३ लाख रुपैयाँ खर्च सार्वजनिक गरिएको छ । पारदर्शिता र जवाफदेहितालाई मध्यनजर गर्दै महोत्सव सम्पन्न भएको एक साता नबित्दै खर्च सार्वजनिक गरिएको हो ।

पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचिमा सुचीकृत गराउने र मधानी महायज्ञलाई अंतर्राष्ट्रीय स्तरमा पुर्याउने संकल्प सहित महोत्सवको आयोजना गरिएको मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साहले जानकारी दिईन ।

मौलापुर नगरपालिकाको आयोजनामा फागुन २२ देखि २६ गते सम्म ५ दिवसिय मधानी महोत्सव आयोजना गरिएको थियो । महोत्सवलाई सफल पार्न भारतीय सुपरस्टार गोविन्दा, नेपाली सुपरस्टार पल साह, सुपरस्टार नायिका निलम गिरी, बिश्व चर्चित पहलवान बबिता फोगाट लगायत दर्जनौ प्रसिद्ध कलाकार तथा खेलाडीहरुले सक्रिय सहभागिता जनाएको मेयर साहले जानकारी दिईन ।

बाबाधामका मुल पुजारीहरु र संस्कृत बिश्व बिद्यालयका आचार्यहरुद्वारा मन्दिरमा धार्मिक विधी अनुसार महायज्ञको पुजा सम्पन्न गरिएको थियो । महोत्सवलाई अझ भव्य बनाउन विशाल संख्यामा निकालिएको भगवान शिवको बारात यात्रा र बिभिन्न शिव मण्डली सहितको शिवलिला समेत प्रदर्शन गरिएको थियो ।

दुनियालाई तरंगित पार्ने यस्तो बिशाल कार्यक्रम यति कम रकममा भब्यताका साथ सम्पन्न हुनु मितब्यीता, सुशासन, पारदर्शिता र सदाचारको क्षेत्रमा उदाहरणीय बनेको पुर्व मन्त्री एवम उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधीसभा सदस्य प्रभु साहले जानकारी दिए ।

सरकारी निकायमा खर्च बिवरण माग्दा पनि नदिने अहिलेको परिवेशमा नगरपालिकाले आँफै खर्च विवरण सर्वाजनिक गर्नु आफैंमा सराहनीय एवं उदहरणीय कार्य भएको आम जनता पार्टीका अध्यक्ष समेत रहेका नेता साहले बताए ।

मौलापुर नगरपालिकाको बिकास र सेवासुविधा उदाहरण मात्र नभई अब पारदर्शिता, जवाफदेहिता र सुशासनको क्षेत्रमा पनि प्रख्यात रहने उनको भनाई छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस