भारतकाे अयाेध्या पुग्न २२ सय नेपाली कावरियालाई सकस

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 2.9k
1 मि. पढ्न लाग्ने समय

(भारत बिहार)आदापुर- नेपालकाे मधेश प्रदेश बारा जिल्लाबाट एक सय ७२ गाउका कावरियाहरु ब्रम्हचर्य यात्रा एक साता अघि देखि सुरु गरेका छन ।

ब्रम्हचर्य रुप धारण गरेका कावरियाहरु भारतकाे विभिन्न तिर्थ स्थलमा पुगेर प्रत्येक वर्ष गंगा जल लिएर बाराकाे चारकाेशे झाडी स्थित सहजनाथ महादेव मंन्दिरकाे शिवलिङ्ग अर्पण गर्दै आएका छन ।

यही यात्रालाई पूरा गर्न यसपाली बाराकाे कुकुरभुका, दक्षिण झिटकैया मधान पूरा गरि निर्तरता दिईएकाे छ । नेपाल बसाइ पछि अईतवार बिहान कावरियाकाे पैदलयात्रा बिहान करीब ९ बजे भारत बिहारकाे आदापुर जमुआभार स्टेडियममा आईपुगेकाे हाे ।

भारतकाे रक्साैल देखि अयाेध्या प्रस्थान गर्न २२ सय कावरियाकाे लागि एकै पटकमा रिजर्भ रेल नपाएकाे र भारत सरकार पनि कावरियाकाे सेवाका निम्ति ध्यान नदिएकाे गुनासाे कावरियाले गरेका छन । उनीहरुले साेमवार देखि रेलयात्रा सुरु गर्न पाउने गरि पहल गरि दिन भारतिय प्रधानमन्त्री नरेन्द्र माेदीसंग आग्रह समेेत गरेका छन ।

ट्याग्स : , , , , , , ,
यो लेख शेयर गर्नुहोस