बारा–बाराको महागढीमाई नगरपालिका ८ ब्रम्हपुरीमा करेन्ट लागेर बुधवार एक जनाको मृत्यु भएको छ ।
मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर घाईते भएका स्थानीय ५० वर्षीय रामेश्वर महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।
बारीमा रहेको मोटरबाट पानी तान्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट प्रवाह भई महतोलाई करेन्ट लागेको उनले बताए ।
करेन्ट लागेर घाइते भएका महतोलाई जिल्ला अस्पताल कलैया ल्याउने क्रममा बाटैमा मृत्यु भएको डिएसपी मिश्रले जानकारी दिए ।
मृतकको शव परिक्षण पछि अन्तिम संस्कारका लागी आफन्तको जिम्मा लगाईएको घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।