बारा– कलैया प्रादेशिक अस्पताल उपचार सेवामा पछिल्लो समय फडको मार्न थालेको छ । जिल्लाकै जेठो अस्पतालको रुपमा रहेको कलैया प्रादेशिक अस्पतालमा विस्तार भएको ईन्डोस्कोपी युनिट सहित विभिन्न उपचार सेवाका तीन वटा युनिटको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले उदघाटन गरेका छन ।
अस्पतालमा विस्तार गरिएको ईन्डोस्कोपी युनिट, हेमोडायलिसिस तथा एस एन सियू युनिटको बुधवार रिबन काटेर मुख्यमन्त्री यादवले उद्घाटन गरेका हुन ।
मधेशी दलका नेताहरु पुर्व सांसद एवम जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीका पुर्व अध्यक्ष रामबाबु कुमार यादव, पुर्व प्रदेशसभा सदस्य पारस प्रसाद साह, अस्पताल व्यवस्थापन समितीका अध्यक्ष प्रकाश चौगाई लगायको पहलमा कलैया अस्पतालको सेवाको स्तर वृद्धी भएको स्थानीयले बताएका छन ।
प्राथमिक उपचारमा सिमीत रहेको यस अस्पतालमा पछिल्लो समय सेवाको स्तर वृद्धी भएको अस्पताल व्यवस्थापन समिती अध्यक्ष चौगाईले बताए ।
अहिले सघन तथा जटिल रोगका उपचार समेत कलैया अस्पतालमा हुन थालेको उनले बताए । प्राथमिक उपचार सेवामा सिमीत रहेको यस अस्पतालमा आफु आएपछि क्रमिक रुपमा सेवा विस्तार र चुस्तदुरुस्त हुन थालेको उनले दाबी गरे ।
विस्तार गरिएको ईन्डोस्कोपी युनिट, हेमोडायलिसिस तथा एस एन सियू युनिट सेवा मध्ये केही संचालनमा आईसकेको उनले बताए । उदघाटन पछि ईन्डोस्कोपी युनिटको सेवा आजै देखी विधिवत रुपले सुचारु गरिएको कलैया प्रादेशिक अस्पतालका प्रमुख डा. अजय कुमार गुप्ताले जानकारी दिए ।
‘बाकी रहेको दुई वटा युनिटको सेवा सुचारु गर्न व्यवस्थापनको सम्पुर्ण तयारी पुरा गरी सकिएको छ,’ उनले भने, ‘यसमा केही प्राविधिक समस्या र दक्ष जनशक्तीको समस्यालाई हल गर्ने काम भईरहेको छ ।’ यो दुबै युनिटमा भएको समस्यालाई हल गरेर एक साता भित्रै यी दुबै युनिटलाई फुल फेजमा संचालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।
यो दुबै युनिट संचालनमा आएपछि मृगौला रोगी, नवजात शिशुमा देखिने जटिल समस्या तथा रोगको परिक्षण, उपचार भर्ना गरेरै सुरु गरिने उनले जानकारी दिए । हाल पेट सम्बन्धी समस्या भएका बिरामीको परिक्षण तथा उपचार सेवा सुचारु भईसकेको उनले जानकारी दिए ।
मुख्यमन्त्री यादवसंग स्पेशल न्यू बर्न केयर युनिट, मुटु सम्बन्धी जाचको लागी ईक्कोकार्डियोग्राफी र सर्जरी सुविधाको लागी ल्याप्रोस्कोपी उपकरण कलैया अस्पतालमा दक्ष प्राविधिक सहित थपेर सेवा विस्तारमा सहयोग गर्न मुख्यमन्त्री यादवको ध्यानाकर्षण समेत गराईएको मेसु गुप्ताले जानकारी दिए ।
मुख्यमन्त्री यादवले अस्पताल व्यवस्थापन समिती तथा मेसुलाई कागजी प्रक्रिया पुरा गर्न निर्देशन दिदै सेवा विस्तार गराउन आफुले सहयोग गर्ने आश्वासन समेत दिए । यी दुबै सेवा संचालन गर्ने तयारी सुरु गरिएको र चाडै नै माग गरिएको सेवा संचालनमा ल्याईने दाबी मेसु गुप्ताले गरे ।
कलैया अस्पतालमा अहिले दिनहु ५ सय भन्दा बढी बिरामी ओपीडी सेवा लिईरहेको उनले जानकारी दिए । जसमा ३० प्रतिशत भन्दा बढी पेट सम्बन्धी रोगका बिरामी रहने गरेको उनले जानकारी दिए ।
उक्त अवसरमा कलैया अस्पतालमा दिनहु १० देखी १५ जनता महिलालाई सुरक्षित रुपमा सुत्केरी सुविधा प्रदान गरिदै आएको कलैया अस्पतालकी ईन्डोर ईन्चार्ज जानकी महतोले जानकारी दिईन ।
उक्त कार्यक्रममा सहभागी जनता समाजवादी पार्टीका राजनीतिक समिती सदस्य रामकिशोर यादव, प्रमोद गुप्ता, पुर्व सांसद एवम जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीका पुर्व अध्यक्ष रामबाबु कुमार यादव, पुर्व प्रदेशसभा सदस्य पारस प्रसाद साह, अस्पताल व्यवस्थापन समितीका अध्यक्ष प्रकाश चौगाई, नेपाली कांग्रेसका मनोज गुप्ता लगायतकाले कलैया अस्पतालको सेवा विस्तारमा सहयोग पुर्याउन मुख्यमन्त्री यादवको ध्यानाकर्षण गराएका थिए ।