‘रुन छोड आफ्ना समस्यासंग आफै लड्न सिक–अरुले जति साथ दिन्छु भने पनि घाट सम्म मात्रै हो’ स्टेटससंगै अस्ताए कलैया निवासी पुर्व अनुसन्धान अधिकृत थापा

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 2k
1 मि. पढ्न लाग्ने समय

बारा– ‘रुन छोड आफ्ना समस्यासंग आफै लड्न सिक–अरुले जति साथ दिन्छु भने पनि घाट सम्म मात्रै हो’ यो कारुणिक स्टेटस एक दिन अगाडी मात्रै शेयर गरेका थिए कलैया उपमहानगरपालिका वडा नं. ५ घुसुकपुर निवासी राष्ट्रिय अनुसन्धान विभागका पुर्व अनुसन्धान अधिकृतक विष्णु थापा ।

डिप लाईनले पोस्टयाएको स्टेटस मृतक थापाले दुर्घटनामा पर्नु भन्दा अगाडी आफ्नो फेसबुकबाट शेयर गरेका थिए । त्यो स्टेटस उहाको लागी अन्तिम स्टेटस रह्यो । स्टेटस शेयर गरी कलैया घर पर्किने क्रममा बुधवार साझ कलैया–पिलुवा सडक खण्ड अन्र्तगत बाराको कलैया उपमहानगरपालिका १६ मा सवारी दुर्घटनामा परी ६० वर्षिय थापा ज्यान गुमाउनु भयो ।

पिलुवाबाट कलैया तर्फ फर फर्किने क्रममा थापा सवार ना ३० प ९८३० नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आएको ना ८ ख २१९५ नम्बरको टिप्परले उत्तरझिटकैया गाउ नजिकै ठक्कर दिएको दिएको थियो ।

दुर्घटनामा गम्भिर घाईते भएका थापालाई स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा अस्पताल पुर्याईएको थियो । उपचारको क्रममा राती नै घाईते थापाको कलैया स्थित राजलक्ष्मी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपर चालक फरार रहेको र दुर्घटनामा संलग्न दुबै सवारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मृतक थापाको शव परिक्षणको लागी कलैया प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस