ऐलानी जग्गा संरक्षणमा चासो देखाउदै देवताल गाउपालिका, अतिक्रमित ३२ विगहा खाली गराउने सहमति

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 2.1k
3 मि. पढ्न लाग्ने समय

वारा– बारा जिल्लामा धेरै ऐलानी जग्गा अतिक्रमित अवस्थामा छन । सम्बन्धित पालिकाले त्यसको संरक्षणमा खासै चासो देखाएको देखिदैन । ऐलानी जग्गा पालिकाकै सम्पति हो । त्यसको सदुपयोग पालिकावासीको हितमा गर्नु पर्छ भने धेय निर्वाचित जनप्रतिनिधीलाई छैन । सार्वजनिक जग्गाको संरक्षणमा सम्बन्धित पालिकाले नै देखाउनु पर्छ । पछिल्लो समय देवताल गाउपालिकामा निर्वाचित जनप्रतिनिधीले चासो देखाउन थालेका छन ।

देवताल गाउपालिकाका अध्यक्ष उदय प्रसाद यादवले लामो समय देखी अतिक्रमणको चपेटामा परेको पालिका क्षेत्र भित्रका सार्वजनिक जग्गालाई संरक्षण गर्न पहल सुरु गरेका छन ।

पालिका भित्र छरिएर रहेको सार्वजनिक जग्गा यकिन गरी त्यसको लगत खडा गरेर संरक्षण गर्ने अभियानमा उनी जुटेको देवताल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन कुमार श्रीवास्तवले बताए ।

‘जग्गा संरक्षण गर्ने कार्यलाई अहिले तिब्र बनाएका छौं,’ उनले भने, ‘पालिकाले अलपत्र रहेका, अतिक्रमित भईसकेका सबै जग्गाको पहिचान गर्ने काम सुरु गरेको छ ।’ पहिचान भईसकेको जग्गालाई स्थानीय वासिन्दा, निर्वाचित जनप्रतिनिधी, भद्रभलादमी, कर्मचारी सबैको सहमतिमा नापजाच गरेर संरक्षण गर्न थालिएको उनले जानकारी दिए ।

सार्वजनिक जग्गा संरक्षणमा गाउपालिका अध्यक्ष उदय प्रसाद यादवले चासो देखाएपछि संरक्षण कार्यलाई तिब्र पारिएको उनले जानकारी दिए ।

गाउपालिका अध्यक्ष यादवकै नेतृत्वमा सार्वजनिक जग्गाको पहिचान र संरक्षण गर्ने कार्य भईरहेको देवताल गाउपालिका वडा नं. ३ का वडाध्यक्ष रामकिशोर प्रसाद कुशवाहाले जानकारी दिए ।

वडा नं. ३ मा रहेको २२ कठ्ठा र ८ कठ्ठा ऐलानी जग्गा, २ कठ्ठा रामजानकी मन्दिरको नाममा रहेको जग्गालाई संयुक्त गर्ने तयारी गरिएको छ । यकिन गरिएको यो जग्गालाई स्थानीय २६ जना भन्दा बढी व्यक्तीले अतिक्रमण गरी भोगचलन गर्दै आएका थिए । ती सबै जग्गालाई एकै ठाउमा ल्याएर संरक्षण गर्ने तयारी सुरु गरिएको उनले बताए ।

‘गाउपालिका अध्यक्ष यादवकै अध्यक्षतामा आम्वामा सर्वपक्षिय भेला समेत गरयौं,’ उनले भने, ‘भेलाले जग्गा संरक्षण गर्न सहमति समेत ग¥यो ।’ भेलामा भएको सहमति अनुसार गाउपालिकाले तोकेको समयसिमा भित्र कुनै पनि वाधा अवरोध विना अतिक्रमण हटाउने निर्ण समेत गरिएको उनले जानकारी दिए ।

वडाध्यक्ष कुशवाहाका अनुसार ऐलानी जग्गा, रामजानकी मन्दिरको नाउमा रहेको जग्गा र पोखरीको जग्गा संयुक्त गरी प्राविधिक खटाई एकमुष्ट जग्गा यकिन गर्ने निर्णय भेलाले गरेको छ ।

ती जग्गामा रहेका संम्पुर्ण संरचनाहरु निर्वाध रुपमा हटाउने, जग्गाको चारै तिर बसेका व्यक्तीहरुको आवतजावत गर्न गाउपालिकाले उपयुक्त ठानेको स्थानबाट बाटोको व्यवस्था गर्ने र खाली भएको जग्गामा गाउपालिकाले उचित ठाने अनुरुपको भौतिक संरचना निर्माण गर्न सक्ने सर्वसहमतिबाट भेलाले निर्णय गरेको उनले जानकारी दिए ।

यादवकै अध्यक्षतामा सोमवार देवताल गाउपालिका वडा नं. ३ आम्वामा भएको सर्वपक्षिय भेलामा देवताल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन कुमार श्रीवास्तव, वडाध्यक्ष रामकिशोर प्रसाद कुशवाहा, भोला मिया मंसुर, नवलकिशोर प्रसाद यादव, रामपृत महतो, हरिन्द्र महतो, विजय कुमार कुशवाहा, बलिराम ठाकुर, दिनेश कुशवाहा, लवकुश कुशवाहा, जवाहिर साह लगायतको उपस्थिती रहेको थियो ।

 

यो लेख शेयर गर्नुहोस