सफारी दुर्घटनामा गम्भिर घाईते भएका नापी कार्यालय सर्लाहीका एक कर्मचारीको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 2.1k
2 मि. पढ्न लाग्ने समय

सर्लाही– सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ११ गम्हरियामा सोमवार राती करीब ८ बजे भएको सफारी दुर्घनामा गम्भिर घाईते भएका एक जना नापी कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नापी कार्यालय सर्लाहीका कर्मचारी सर्लाही बागमती नगरपालिका ५ बस्ने बिनोद घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए ।

टाउको, निधारमा गम्भिर घाउ चोट लागेका घिमिरेको एल.एस.न्यूरो अस्पताल नौतनमा उपचारको क्रममा राती करीब साढे ११ बजे मृत्यु भएको डिएसपी पंजियारले जानकारी दिए । मृतकको शव अहिले अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी सफारीमै सवार नापी कार्यालय मलंगवाका प्रमुख काभ्रे बनेपा उपमहानगरपालिका बस्ने ४५ वर्षिय संजय मान्धर सहित ११ जना गम्भिर घाईते भएका थिए ।

सोही दुर्घटनामा परी गम्भिर घाईते भएका सफारी गाडीमै सवार सर्लाही कौडेना गाउपालिका २ बस्ने २४ वर्षिय संजित मण्डल, सर्लाही मलंगवा नगरपालिका ३ बस्ने ३५ वर्षिय रामलाल साह, सोही ठाउ बस्ने ५० वर्षिय बैद्धनाथ पटेल, महोत्तरी एकडारा गाउपालिका २ बस्ने ३० वर्षिय रिटेन यादव, सर्लाही मलंगवा नगरपालिका ७ बस्ने ३४ वर्षिय रामबावु राय, धनुषा सहिदनगर नगरपालिका ७ बस्ने २९ वर्षिय दिपेन्द्र यादव, बारा कलैया उपमहानगरपालिका २० बस्ने २४ वर्षिय सहिद अनवर, महोत्तरी बस्ने ३० वर्षिय बैजु यादव, महोत्तरी बस्ने २५ वर्षिय अजय यादव उपचारको क्रममा रहेको डिएसपी पंजियारले जानकारी दिए ।

दुर्घटनामा घाईते भएका सबै नापी कार्यालय मलंगवाका कर्मचारी भएको बुझिएको प्रहरीले जनाएको छ । मलंगवाबाट नवलपुर तर्फ जादै गरेको उखुको लोड गरेको ज २ त १०६७ नम्बरको ट्रेक्टरलाई पछाडीबाट सोही दिशा तर्फ जादै गरेको बि.आर. ०६ पी.डी. ९६४८ नम्बरको सफारी गाडी ठोकिन जादा उक्त दुर्घटना भएको थियो ।

तिब्र गतिमा रहेको सफारीले उखु बोकेको ट्रेलरमा ठोकिन जादा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।
दुर्घटनापछि ट्रेक्टर चालक फरार भएको र दुर्घटनामा संलग्न दुबै सवारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नापी कार्यालयका सबै कर्मचारी भारतिय गाडीमा चढेर कहा जादै थिए खुल्न नसकेको र फरार ट्रेक्टर चालकको खोज तलास भईरहेको प्रहरीले जनाएको छ ।

 

 

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस