वारा– बाराको करैयामाई र देवताल गाउपालिकाका सवा ३ सय जोडोपीडितले न्यानो कपडा पाएर धेरै खुशी भएका छन । कठ्याङग्रीदो जाडोको कहरबाट प्रताडित बाराको करैयामाई गाउपालिका वडा १ मधुवन निवासी वृद्धा ७० वर्षिया महजरी हजराईन पनि न्यानो कपडा पाएर निकै खुशी थिईन ।
जाडो छल्न उनीसंग प्रयाप्त लताकपडा थिएन । लताकपडाको अभावमा उनी जाडो छल्न सुकुल र आगोको सहारा लिदै आएकी थिईन । गाउकै दलित, विपन्न तथा एकल महिला हजराईनले वडा कार्यालयको समन्वयमा एक थान कम्बल र दुई थान साबुन हात पारेपछि धेरै खुशी भएकी हुन ।
‘कम्बल पाएर म धेरै खुशी छु,’ महजरीले भनिन, ‘कम्बल दिने र दिलाउनेहरु जुगजुग जिउन ।’ हामी वृद्धाहरुको लागी गाउपालिका र वडाले जाडो छल्न कम्बल दिएर धेरै राम्रो काम गरेको उनले बताईन । उनी जस्तै धेरैले न्यानो कपडा पाएर खुशी व्यक्त गरेका थिए ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा आसमान नेपालको आयोजनामा वीतरण भएको कम्बल लिन उनी पैदल वडा कार्यालयमा आईपुगेकी थिईन । वडा भित्र रहेका अतिविपन्न, दलित, गरीब, जेष्ठ नागरिक, एकल महिला, विधवा, ५ वर्ष मुनीका बालबालिकालाई लक्षित गरी न्यानो कपडा वितरण गरिएको करैयामाई गाउपालिका वडा नं. १ का वडाध्यक्ष सोनालाल साहले जानकारी दिए ।
‘वडावासीको समस्यालाई हेरेर आफुले गाउपालिका अध्यक्ष शम्भु यादवको पहलमा न्यानो कपडा सहयोग स्वरुप जुटाउन लगाएको हुँ,’ वडाध्यक्ष साहले भने, ‘वडासंग जाडो पीडितलाई राहत पुर्याउने बजेटै थिएन ।’ बजेट नभएपनि दातृ निकायलाई पहल गरेर थोरै भएपनि वडावासीलाई राहत दिलाउने प्रयास गरेको उनले बताए ।
वडाभरी मध्येबाट सबभन्दा बढी जाडो प्रभावित एक सय २५ परिवारलाई न्यानो कपडा वीतरण गरिएको उनले जानकारी दिए जाडोपीडितलाई कम्बल हस्तान्तरण गर्दै करैयामा गाउपालिका अध्यक्ष शम्भु यादवले न्यानो कपडा उपलब्ध गराएर नगरवासीको पीडामा मल्हम लगाउने काम गरेको बताए । उनले दातृ संस्था तथा न्यानो कपडा उपलब्ध गराउन सहयोग गर्ने कर्मचारीलाई समधेत उनले धन्यवाद व्यक्त गरे । न्यानो कपडा पाएका परिवारलाई यसको भरपुर सदुपयोग गर्न समेत उनले आग्रह गरे ।
न्यानो कपडा वीतरण समारोहमा करैयामाई गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनुष आचार्य, सेभ द चिल्ड्रेन नेपालका कार्यक्रम प्रबन्धक चन्द्रदेव साह, आसमान नेपालका शिक्षा संयोजक मनोज यादव, कर्मचारी निरुता विश्वकर्मा, जयमाला चौधरी, करैयामाई गाउपालिकाका कार्यपालिका सदस्य दिपक पासवान, वडा सदस्यहरु चिन्ता देवी चौधरी, उगनी पासवान, अन्सारुल अन्सारी, मंजुर आलम लगायतको उपस्थिती थियो । कार्यक्रममा उपस्थित सबै जनाले जाडोपीडित परिवारलाई न्यानो कपडा हस्तान्तरण गरेका थिए ।
सेभ द चिल्ड्रेनकै आर्थिक सहयोगमा बाराको देवताल गाउपालिका वडा नं. १, २ र ५ का अतिविपन्न, दलित, गरीब, जेष्ठ नागरिक, एकल महिला, विधवा, ५ वर्ष मुनीका बालबालिका गरी २ सय परिवारलाई पनि न्यानो कपडा उपलब्ध गराईएको सेभ द चिल्ड्रेन नेपालका कार्यक्रम प्रबन्धक चन्द्रदेव साहले जानकारी दिए ।
देवताल गाउपालिकाका अध्यक्ष उदयनारायण यादव, प्रमुख प्रशासकिय अधिकृत नवीन श्रीवास्तव लगायतकाले जोडोपीडितलाई न्यानो कपडा वीतरण गरेको गाउपालिकाका कर्मचारी राजिव यादवले जानकारी दिए ।