टाइगर कप महिला तर्फको उपाधिमा एपीएफको ह्याट्रिक

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.6k
1 मि. पढ्न लाग्ने समय

पोखरा– पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि विभागीय टोली एपीएफले जितेको छ । योसँगै एपीएफले टाइगर कपको उपाधि लगातार तेस्रो पटक जित्दै ह्याट्रिक गरेको हो ।

शनिबार भएको फाइनलमा चन्द्रागिरि नगरपालिकाको न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रोपटक उपाधि चुमेको हो । उपाधिसँगै न्यु डायमन्डले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।

फाइनलमा सबै सेटमा एपीएफ न्यु डायमन्डमाथि हाबी देखिएको थियो । एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेटमा २५–१८ र तेस्रो सेट २५–२१ ले आफ्नो पोल्टामा पार्न सफल रह्यो ।

यसअघि एपीएफले दोस्रो र तेस्रो टाइगर कपको उपाधि जितेको थियो । उपविजेता बनेको चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्डले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।

ट्याग्स : ,
यो लेख शेयर गर्नुहोस