हुलाकी सडक विकासमा पछाडी परेको : जसपा अध्यक्ष उपेन्द्र यादव

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 2.1k
3 मि. पढ्न लाग्ने समय

बारा–मधेश प्रदेशको लाईफलाईनको रुपमा रहेको हुलाकी सडकको अवस्था अहिले पनि दैनिय नै रहेको भन्दै जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले चिन्ता व्यक्त गरेका छन ।

संघियता आएपछि विकासको मामिलामा मधेश प्रदेश फडको मारीरहेपनि हुलाकी सडकको अवस्था जस्ताको त्यस्तै रहेको भन्दै उनले हुलाकी सडकको विकासमा संघिय सरकारले जोड दिनु पर्ने औल्याए ।

बाराको करैयामाई गाउपालिकाको वडा नं. ८ स्थित ईटहर–बेलाही गाउ जोडने तियर नदीमा बनेको नवनिर्मित पक्की पुलको उदघाटन गर्दै बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहेका यादवले यस्तो चिन्ता जाहेर गरेका हुन ।

क्रमिक रुपमा सडक तथा पुलपुलेसाको विकास हुनु मधेश प्रदेशका जनताको लागी सुखद कुरा भएको उनले बताए । पुर्वाधार विकासको मामिलामा मधेश प्रदेश विस्तारै अगाडी बढेपनि यहाको जनता अहिले पनि गरिबी र भोकमरीको कहरबाट जुझीरहेको उनले बताए ।

‘मधेश प्रदेशका बालबालिकाले अहिले पनि गुणस्तरिय शिक्षा पाउन सकिरहेका छैनन्,’ उनले भने, ‘गुणस्तरिय शिक्षाको लागी संघ सरकार र स्थानीय सरकारले उचित कदम चालेको देखिदैन ।’ मधेशमा बढदो क्रममा रहेको अशिक्षालाई कम गर्न सबैले आ आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्नु पर्नेमा उनको जोड थियो ।

सोही कार्यक्रलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले २०१७ सालमा भएको विकासलाई ठुला दलले खाईपकाई गरी समाप्त पारेको आरोप लगाए ।

मधेश प्रदेश सहित देशैभरी रहेका ठुला सरकारी उद्योग तथा कलकारखानालाई बन्दको कागारमा पुर्याउने ठुला दलका नेताहरुले अहिले पनि मधेश प्रदेशलाई विकासमा पछाडी पार्ने षडयन्त्र गरीरहेको बताए ।

मधेश प्रदेश सरकारको बजेटमा दर्जनौं पुल बनेपनि संघिय सरकारले मधेशमा विकास नगरेको आरोप उनले लगाए । करैयामाई गाउपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई जनता समाजवादी पार्टीका केन्द्रिय सदस्यहरु रामकिशोर प्रसाद यादव, प्रमोद गुप्ता, उमरावती देवी यादव, प्रकाश चौगाई, प्रयाग राय यादव, जसपा मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादव, उपाध्यक्ष शुशील यादव, प्रदेश सभासदस्यहरु बच्चा यादव, शारदाशंकर प्रसाद जयसवाल, जसपाका जिल्ला अध्यक्ष रामबाबु यादव, बारागढी गाउपालिकाका अध्यक्ष अशोक जयसवाल, करैयामाई गाउपालिकाका पुर्व अध्यक्ष भुनेश्वर धामी, सुवर्ण गाउपालिकाका पुर्व अध्यक्ष महेन्द्र यादव, जसपा जिल्ला उपाध्यक्ष धर्मवीर यादव, कोषाध्यक्ष विनोद यादव, महिला नेत्री प्रमिला गिरी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

जसपाका नेता सुरेन्द्र साहले संचालन गरेको कार्यक्रममा जसपाका गाउ कमिटी अध्यक्ष जोगेन्द्र पंडितले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

 

यो लेख शेयर गर्नुहोस