निगमको ५४ औँ वार्षिकोत्सवमा एक सय ५१ जनाद्वारा रक्तदान

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 343
1 मि. पढ्न लाग्ने समय

काठमाण्डौं– नेपाल आयल निगम लिमिटेको ५४ औं वार्षिकोत्सवको अवसरमा मंगलवार टेकुमा आयोजित रक्तदान कार्यक्रममा एक सय ५१ जनाले रक्तदान गरेका छन ।

आयल निगमको केन्द्रीय कार्यालय, टेकुमा नेपाल रेडक्रास सोसाइटी, रक्त संचार सेवा ताहाचलको प्रविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुको उल्लेख्य सहभागिता थियो ।

निगमले विगत १० वर्ष देखी वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । गत बर्ष ५३ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा एक सय ३१ जनाले रक्तदान गरेका थिए । यस वर्ष उक्त संख्या बढेर एक सय ५१ जना पुगेको आयोजक संस्थाले जनाएको छ ।

रक्तदान कार्यक्रमको उद्घाटन निगमका नायब कार्यकारी निर्देशक ई. बीरेन्द्र गोईतले पानसमा दिप प्रज्जवलन गरेर गरेका थिए । कार्यक्रममा निगमका पूर्व कर्मचारी, हाल कार्यरत कर्मचारी तथा तिनका परिवार र निगमसँग सम्बध अन्य ब्यक्तिहरुले समेत रक्तदान गरेका थिए ।

कार्यक्रम समापनमा रक्तदान कार्यक्रममा प्राविधिक सेवा प्रदान गर्ने नेपाल रेडक्रास सोसाइटी, रक्त संचार सेवा, ताहाचललाई निगमको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको थियो भने निगमलाई समेत नेपाल रेडक्रास सोसाइटी, रक्त संचार सेवा, ताहाचलले रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरेकोमा प्रशंसा पत्र प्रदान गरेको थियो ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस