मिटर ब्याज विरुद्धको संघर्ष समती बाराको संयोजकामा पासवान

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 224
1 मि. पढ्न लाग्ने समय

बारा– मिटर ब्याज विरुद्धको संघर्ष समती जिल्ला कार्य समिती बाराको संयोजकमा शिवदयाल पासवान चयन भएका छन ।

कलैया स्थित देवकीलाल धर्मशालामा सोमवार भएको मिटरब्याज पीडितहरुको भेलाले पासवानको संयोजक्वमा ९ सदस्यीय मिटर ब्याज विरुद्धको संघर्ष समती बारा गठन गरेको हो ।

नवगठित संघर्ष समितीको सदस्यहरुमा दिनानाथ सहनी, विरेन्द्र तिवारी, सब्या खातुन, महेन्दर पटेल, श्यामसुन्दर पासवान, जगिया बीन, जोखन राउत, उदयनारायण यादव रहेका छन ।

मिटर ब्याज विरुद्धको संघर्ष समतीका केन्द्रिय संयोजक मनोज कुमार पासवानको विशेष उपस्थितीमा भएको भेलामा प्रदेश संयोजक पुरुषेतम अधिकारी, सिरहा सदस्य रविन्द्र यादव, रोविन्द्र पासवान, महिन्द्य्र राउत, रावकुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

 

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस