बारामा डिजिटल ट्रायल सेन्टर बनाउने तयारी भईरहेको : श्रम मन्त्री सिंह

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 224
3 मि. पढ्न लाग्ने समय

बारा– बारामा डिजिटल ड्राईभिङ्ग सेन्टर बनाउने तयारी भईरहेको मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले बताएका छन ।

बाराको कलैया उपमहानगरपालिका स्थित शैक्षिक तालिम केन्द्रको भवनमा स्थापना भएको यातायात व्यवस्था कार्यालय कलैयाको सोमवार उद्घाटन गर्दै उनले भ्रष्टाचार र घुसखोरी कम गर्न डिजिटल ड्राईभिङ्ग सेन्टर बनाउने तयारी भईरहेको जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय घुसखोरीको नामले बदनाम रहेको र यसलाई सुधार गर्न डिजिटल ड्राईभिङ्ग सेन्टरले धेरै ठुलो मदत पुग्ने बताए ।

भारतको दिल्लमीमा संचालनमा रहेको डिजिटल ड्राईभिङ्ग सेन्टरको अवलोकन भ्रमण गरी हालै आफु नेपाल फर्केको र त्यसलाई बारामा नमुन्ना ट्रायल सेन्टर बनाउने जानकारी उनले दिए ।

यसको लागी कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले जग्गा उपलब्ध गराउन दिएको आश्वासन सराहनिय भएको उनले बताए ।

संघियताको मुलमर्म पुरा गर्न मधेश प्रदेशको ८ वटै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने काम भईरहेको उनले स्पष्ट पारे ।

संघियताकै कारण मधेश प्रदेशमा अहिले विकासको लहर चलीरहेको औल्याउदै उनले अबको दिनमा यातायात कार्यालयको सम्पुर्ण काम अनलाईन मार्फत गर्ने तयारी भईरहेको बताए ।

अनलाईन मार्फत यातायातको सम्पुर्ण काम सुचारु भएपछि भ्रष्टाचार र घुसखोरी शुन्य हुने विश्वास समेत उनले व्यक्त गरे ।

कलैयामा यातायात कार्यालयको उदघाटन भएपछि बारावासीलाई लाईसेन्स, ब्लुबुक लगायतको कामको लागी बीरगंज पुग्नु पर्ने वाध्यता हटेको उनले बताए ।

जनताको घरदैलोमा सरकारी सेवा प्रदान गर्ने संघियताको मुलमर्मलाई पुरा गर्ने कामको एउटा कडी यातायात कार्यालय पनि भएको उनले बताए ।

मधेशमा विकासको लहर छर्ने संघियतालाई समाप्त पार्न ठुल्ला दलका नेताहरु मधेश प्रदेशलाई असहयोय गर्ने खेलमा लागी परेको जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष एवम निवर्तमान सांसद रामबाबु कुमार यादवले बताए ।

जनता समाजवादी पार्टीको पहलमा बारामा यातायात व्यवस्था कार्यालयको स्थापना भएको र यसले बारावासीलाई धेरै ठुलो सहयोग पुग्ने विश्वास समेत व्यक्र गरे ।

संघिय सरकारले अपनाएको भ्रष्टाचारी नीतिकै कारण कलैया–मानमत अधुरो सडक अहिले सम्म निर्माण हुन नसकेको आरोप समेत उनले लगाए । संघिय सरकार अहिले पुरै भ्रष्टाचारमा लिप्त भएको उनले बताए ।

उक्त अवसरमा निवर्तमान प्रदेश सांसद एवम जसपाकाकै अर्का नेता पारस प्रसाद साहले नेताहरुले आफ्नो कर्तव्य पुरा नगरेकै कारण पछिल्लो समय संघियताको विरोध हुन थालेको बताए ।

संघियताको दुरुपयोग भएको बताउदै नेता साहले प्रदेश सरकारको अनुभूति गराउन कम्तीमा १५ वर्षमा गाडी र ड्राईभिङ्ग लाईसेन्सको नवीकरण व्यवस्था मिलाउन प्रदेश सरकारसंग आग्रह समेत गरे ।

सरकारले यातायातबाट कर मात्र संकलन गर्ने तर सवारी साधन संचालनको लागी मधेश प्रदेशमा आवश्यकता अनुसार सडक निर्माणमा ध्यान नदिएको गुनासो समेत उनले गरे ।

उक्त अवसरमा कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले लाईसेन्स वितरणमा भईरहेको घुसखोरीलाई नियन्त्रण गर्नु पर्नेमा जोड दिदै यातायात व्यवस्था कार्यालय कलैयालाई थप व्यवस्थित बनाउन आवश्यक पर्ने जग्गा उपलब्ध गराउन प्रतिवद्धता समेत व्यक्त गरे ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा भएको उदघाटन समारोहलाई बारा क्षेत्र नं. ३ का प्रदेश सांसद रविनदास श्रेष्ठ, समिर अन्सारी, जनमत पार्टीका अध्यक्ष शिवनाथ पटेल, संविधान सभासदस्य एवम जसपाका नेता प्रमोद गुप्ता, माओवादी केन्द्रका नेता मुकेस साह लगायतकाले सम्बोधन गर्दै यातायात व्यवस्था कार्यालय स्थापनाको सराहना गरेका छन ।

यो लेख शेयर गर्नुहोस