पञ्चवर्षिय कटवासीमाई मेला भर्न आउने भारतियलाई सहुलियत गर्नु पर्छ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 389
3 मि. पढ्न लाग्ने समय

तेलगाई (बारा)– एसिया प्रसिद्ध गढीमाईको जेठी दिदीको रुपमा परिचित कटवासीमाई पञ्च वर्षिय मेला भर्न आउने भारतिय धार्मिक पर्यटकलाई सिमा क्षेत्रमा ओहोर दोहोर गर्न सहुलियत दिनु पर्नेमा जोड दिईएको छ ।

कटवासीमाई पञ्च बार्षिय मेला मुल समिति कार्यालयको उद्घाटन समारोहलाई सोमवार सम्बोधन गर्दै वक्ताहरुले यस्तो जोड दिएका हुन ।

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले मेला मुल समिति कार्यालय उदघाटन गर्दैै मेला भर्न आउने भारतिय पर्यटकलाई सिमामा आउजाउ गर्न तथा मेला स्थलमै विश्राम गर्न उचित व्यवस्थापन गरिनु पर्ने बताएका छन । मेलालाई भव्य र सभ्य बनाउन आफूले कुनै कसर बाँकी नराख्ने ठोकुवा समेत मेयर यादवले गरेका छन ।

महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलगाई स्थित कटवासीमाई पञ्च बार्षिय मेला मुल समिति कार्यालयको उदघाटन समारोहलाई सम्बोधन गर्दै मेयर यादवले मेलालाई भब्य र सभ्य बनाउन गाउँवासी, नगरवासी, जिल्ला बासी, प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी उपरीक्षक सरकारी कार्यालय तथा निजि कार्यालयका प्रमुखसंग अन्तरक्रिया गरेर अगाडी बढ्न कटवासीमाई मेला समितीलाई सुझाव समेत दिएका छन ।

‘तराई मधेशका जिल्लाहरुमा रहेको शक्ति पीठ मध्ये कटवासीमाई पनि एक शक्ति पीठ हो,’ उनले भने,‘कटवासीमाईको पूजा एवम मेलामा १५ लाख भन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको उनले बताए ।

कटबासीमाई मेलामा आउने भक्तजनलाई गाउँबासी नगरबासी र जिल्लाबासीले आ आफ्नो ठाउँ बाट भक्तजनलाई चौतर्फी रुपमा सहयोग गर्न उनले सबैसँग आग्रह समेत गरेका छन ।

कटवासीमाई मेला सम्पन्न भएपछि कटवासीमाई मंन्दिरको भब्य निर्माण गरिने र यस क्षेत्रमा पनि विश्व प्रसिद्ध गढीमाई जस्तै पर्यटन र भक्तजन भित्रियाउने लक्ष्यका साथ आफू अगाडी बढेको उनले जानकारी दिए ।

गढीमाई मेला लाग्नु भन्दा एक वर्ष पहिले हरेक पाँच वर्षमा कटवासीमाईको मेला लाग्ने गर्दछ । गढीमाई जस्तै कटवासीमाई मेलालाई समेत भव्य र सभ्य रुपमा लगाउन तयारी गरिएको उनले बताए ।

बिश्व प्रसिद्ध गढीमाई जस्तो कटवासीमाईको पुजामा पांच बर्षमा पांच किसिमको बली दिने चलन रहदै आएको छ । रांगा, बोका, कुखुरा, सुंगुर, परेवाको यस मेलामा पनि बलि दिने गरिन्छ । यो शक्ति पिठमा बोकालाई उल्टाएर बली दिने चल्न रहेको महागढीमाई नगरपालिका वडा नंम्बर ७ का वडाअध्यक्ष एवम कटवासीमाई मेला मुल समितीका अध्यक्ष शिबेन्द्र प्रताप सिंहले जानकारी दिए ।

मेलामा मनोरञ्जनको लागि विभिन्न किसिमको झुलुवा, खेल तमासा लगायत आउने गर्दछ । मेला मंसिर २७ गते देखि ५ गते सम्म लाग्ने उनले जानकारी दिए । मंसिर २७ गते कलश यात्रा र पुष ३ गते बलि दिने मुलसमितीको अध्यक्ष सिंहले जनकारी गराए ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस