रंगपुरमा आधारभूत स्वास्थ्य केन्द्रको उदघाटन

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 341
1 मि. पढ्न लाग्ने समय

बारा– कलैया उपमहानगरपालिका वडा नं. ७ का बासिन्दालाई सहज रुपले स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले रंगपुरमा नव निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको बुधवार उद्घाटन गरिएको छ ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह र जग्गादाता परमहंश राय यादवले संयुक्त रुपमा हालै स्थापना भएको केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका हुन ।

स्थानिय जग्गादाता परमहंश राय यादवले उपलब्ध गराएको १५ धुर जग्गामा उपमहानगरले पक्की भवन निर्माण गरेको थियो । निर्माण सम्पन्न भएपछि उक्त भवनको उदघाटन गरी आधारभूत स्वास्थ्य सेवा संचालनमा ल्याईएको कलैया उपमहानगरपालिकाका प्रेस सल्लाहकार संजय तिवारीले जानकारी दिए ।

स्वास्थ्य चौकीको विधिवत रुपमा नगर प्रमुख साह तथा जग्गादाता यादवले संयुक्त रुपमा रिबिन काटेर उदघाटन गरेको उनले बताए । उक्त अवसरमा कलैया उपमहानगरपालिकाकी उपप्रमुख रौशन प्रविन, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, वडाध्यक्षहरु सैफुल्लाह अंसारी, किशुन यादव, मोहन साह कानु, रामबिश्वाश ठाकुर, रंजित चौरसिया, नगर खेलकुद विकास समितीका संयोजक एम समिउल्लाह, उपमहानगर स्वास्थ्य शाखाका अनिल पाण्डेय, मनोज यादव लगायत स्थानियहरुको सक्रिय उपस्थिती रहेको थियो ।

यो लेख शेयर गर्नुहोस