भरतपुरको मिलन चोकमा कल्भर्टमुनि भेटिएको दुई शवको अझै पहिचान खुलेन

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 210
1 मि. पढ्न लाग्ने समय

भरतपुर– चितवनको भरतपुर महानगरपालिका वडा नम्बर –१२ मिलनचोक स्थित कल्भर्ट मुनी मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान खुल्न सकेको छैन ।

यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको मिलनचोक स्थित कल्भर्टमुनि शङ्कास्पद रुपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो ।

देशको ७७ वटै जिल्ला लगायत सीमावर्ती भारतीय जिल्लामा समेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवन प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

सनाखत हुन नसकेका शव कल्भटमुनि दुईवटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस