संचारकर्मी यादव सहित बारामा ९ सम्मानित

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
2 मि. पढ्न लाग्ने समय

बारा– समाज तथा सहकारीको उत्थानका निम्ती निरन्तर कलम चलाउदै आएका बाराका संचारकर्मी पवन यादव सहित विभिन्न विधाका ९ जनालाई शुक्रवार दोहोरीमा सम्मानित गरिएको छ ।

साना किसान कृषि सहकारी संस्था लि. ले आफनो १९ औं साधारण सभाको अवसरमा अमर उच्च मावि दोहोरीको प्रंगणमा संचारकर्मी यादव सहित उनीहरुलाई दोसल्ला ओढाई नगद तथा कदर पत्रले सम्मानित गरेको हो ।

तराई मधेश राष्ट्रिय दैनिक तथा गढी न्यूज डटकमका प्रकाशक÷संचालक समेत रहेका संचारकर्मी यादव अढाई दशक देखी सक्रिय रुपमा पत्रकारिता गर्दै आएका छन ।

समाजमा लुकेका किसान, गरीब, निमुखका समस्या, कला र संस्कृति, खेलकुद लगायत विषयमा विभिन्न रेडियो, स्थानीय दैनिक पत्रपत्रिका हुदै कान्तिपुर दैनिक समेतको राष्ट्रिय संचार माध्यममा आवद्ध रही संचारकर्मी यादवले नियमित रुपले समाचार प्रकाशन/ प्रसारण गर्दै आएका छन ।

उक्त अवसरमा समाजमा विभिन्न क्षेत्रबाट योगदान पुर्याएवापत जेष्ठ नागरिक ८५ वर्षिय भोकट चौधरी, ९३ वषिएया मेरखुनुवा देवी चमईन, ९० वर्षिय हेमबहादुर पुलामी, अपाङ्गद्वय सुरज कुमार मण्डल, मन्दिप कुमार राम, उत्कृष्ट व्यवसायी शारदा देवी कोईरीन, रेश्मा वाग्ले, साना किसानकी कर्मचारी महिला सहायक चमेली लोप्चनलाई नगद सहित सम्मानित गरिएको आयोजक सहकारीका कर्मचारी श्रीलाल यादवले बताए ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी २ नम्बर प्रदेश कृषी सहकारी संघ तदर्थ समितीका सचिव पुनदेव प्रसाद रौनियार, साना किसान कृषी सहकारी संस्था लि. बाराका अध्यक्ष मिश्रीलाल सहनी, साना किसान लघुवित वितिय संस्था लि. ईलाका कार्यालय हेटौडाकी प्रमुख कृष्ण कुमारी शर्मा, आयोजक संस्थाकी अध्यक्ष नयनकला खडका, साना किसान सहकारी संस्था मनहर्वाका प्रबन्धक पुष्पराज खतिवडा लगायतकाले दोसल्ला ओढाई कदरपत्र तथा नगदले सम्मानित गरेका हुन ।
साधारण सभालाई सम्बोधन गर्दै समाजसेवी पुनदेव साह तुरहा, हृदयनारायण प्रसाद यादव, साना किसानकी सुनिता सापकोटा, पुष्पराज खतिवडा लगायतकाले १० रुपैयाँको मासिक बचतबाट सुरु भएको संस्थाले अहिले ४८ करोड बन्दा बढीको अर्थिक कारोवार गर्न सफल भएको भन्दै संस्थाको उत्तरोतर प्रगतीको कामना गरेका थिए ।

 

यो लेख शेयर गर्नुहोस