बीरगंज सहितका सिमा नाका खुल्यो

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.4k
1 मि. पढ्न लाग्ने समय

बारा– गृह मन्त्रालयले नेपालसंग जोडिएको बीरगंज सहितका प्रमुख नाकाहरुलाई बिहिवार देखी पुर्ण रुपमा खुल्ला गरिएको जनाएको छ ।

मन्त्रालयले बारा, पर्सा, रौतहट लगायत जिल्लामा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी नाका खोल्न निर्देशन दिएको हो ।

मन्त्री परीषदको निर्णयले स्वास्थ्यको मापदण्ड अपनाई आवतजावत गर्न नाका पुर्ण रुपमा खुल्ला गर्न परिपत्र आजै आएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

‘यस अघि तोकिएका सबै नाकालाई पुर्ण रुपमा खुल्ला गरिएको छ,’ उनले भने, ‘आवत जावत सहज बनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिईसकिएको छ ।’ बिहिवार देखी नै यसलाई कार्यान्वयनमा ल्याईएको उनले बताए ।

कोरोना संक्रमणको कारण नाका बन्द भएपछि नेपालको होटल तथा पर्यटन व्यवसाय, उद्योग लगायतका व्यवसाय पुर्ण रुपमा प्रभावित बनेको थियो । सर्वसाधारणलाई भारतमा रहेका आफन्तकहा जान आउन समेत समस्या उत्पन्न भएको थियो । बेटीरोटीको सम्बन्ध चिसिन थालेको थियो ।

यो लेख शेयर गर्नुहोस