सरसफाईको पर्व ‘दिपावली’ मान्न गाउमा लिपपोत, शहरमा पेन्ट

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 460
4 मि. पढ्न लाग्ने समय

बारा– बारा सदरमुकाम कलैया लगायत जिल्लाको १६ वटै पालिकाको हरेक घर, पसल, व्यापारिक प्रतिष्ठान लगायतमा सरसफाई थालिएको छ ।

दिपावली अर्थात लक्ष्मीपूजा नजिकिएसंगै सर्वसाधारणले घर वरीपरीको झारपात, घर, घरभित्र रहेका समै सामाग्री, ओछ्यान लगायतको सरसफाई गर्ने कार्यलाई तिब्र बनाएका छन ।

वर्षमा एक पटक लक्ष्मीपुजाको बेला हिन्दु धर्म मान्ने सबै परिवारले धनकी देवी लक्ष्मी मातालाई खुशी पार्न र उनलाई आ आफ्नो घरमा स्वागत गर्न सरसफाईलाई प्राथमिकता दिएको कलैया उपमहानगरपालिका १६ का किसुन पटेलले जानकारी दिए ।

यो अवसरमा कृषि उपकरण तथा सवारी साधन, घरको ढोका, थ्रेसर, ट्यांक्टर, हलो, कोदालो, टायरगाडा लगायतका वस्तु पानीले सपा गर्ने गरिएको उनले बताए ।

अन्य बेला सरसफाई गर्न चासो नदिने किसानले दिपावलीको लागी घर भित्र देखी बाहिर सम्म दिपावलीमा सरसफाई गर्छन । अहिले जिल्लाको १६ वटै स्थानीय तहका मानिसहरु घरमा भएका मालवस्तु सरसफाई गर्न जुटेका हुन ।

सरसफाई गर्दा लक्ष्मी माताको घरमा वास हुने जनविश्वास रही आएकोले सबै व्यक्ती सरसफाईमा जुटेको कलैया उपमहानगरपालिका २ का स्थानीय राजेश पटेलले बताए ।

‘अन्य बेला सरसफाईमा कसैले चासो दिदैन,’ उनले भने, ‘तर दिपावलीमा सबैले अनिवार्य सरसफाई गर्छन ।’ मैले पनि घरको झ्याल ढोका सफा गरे । दिपावलीको लागी गाउका सबैले घर, टायरगाडा, ढोका, झ्याल, मोटरसाईकल, साईकल, कुर्सी, टेबल, पलंग, लता कपडा, घर, विभिन्न सवारी साधन सबै सफा गरेको उनले जानकारी दिए ।

वर्षमा एक पटक भएपनि दिपावलीले घरमा भएका सबै सवारी साधन, भौतिक सम्पती, घर अनिवार्य सरसफाई गर्ने धार्मिक रोलिङ्ग लगाईएको छ ।

अन्य बेला सरसफाई नगरिएपनि दिपावलीमा सबैले यी वस्तुलाई अनिवार्य सरसफाई गर्ने चलन रही आएको विश्वम्बरपुरका शिक्षक राकेश पाण्डेले बताए ।

चाडमा मात्र होईन । अन्यबेला पनि सरफाई गर्नु पर्छ । सरसफाईमा सर्वसाधारणले चासो नदिएपछि पुर्खाले नै चाडपर्व, धर्मको बहानामा सरसफाई गर्न धार्मिक रितिरिवाज बनाएको उनले जानकारी दिए ।

‘सरसफाईले वातावरणलाई शुद्ध बनाउने मात्र होईन, मानिसलाई स्वस्थ रहन भुमिका खेल्छ,’ उनले भने, ‘सरसफाईकै कारण अन्य बेला कुरुप देखिने शहरी तथा गाउ घर अहिले चिटिक्क देखिन्छ ।’ घरलाई सिंगार्न झालर बत्ती, रंगरोगन गरी दुलही झै सिंगार्न थालिएको उनले बताए ।

धार्मिक रितिरिवाजले पनि मानिस सधै सफा र चिटिक्क परेर बस्नु पर्छ । वरीपरीको क्षेत्र, घर सबै सफा राख्नु पर्ने प्रेरणा दिएको उनको ठम्याई छ ।

पक्की घर हुनेले पेन्टले रंगरोगन गर्न थालेका छन भने गरीब परिवारले माटो, भुसा र गोब्बरले घर मर्मत तथा लिपपोत थालेको उनले जानकारी दिए । शहरमा पेन्ट तथा गाउघरमा पहेलो माटोको माग अहिले बढेको उनले जानकारी दिए ।

कलैया बजारमा दिपावली चाड मनाउन पेन्ट, लताकपडा, दियो, झालर बत्ती लगायत सामाग्रीको कारोवार बढेको स्थानीय व्यपारीले जानकारी दिखए ।

दिपावलीको लागी चाहिने यी सबै सामाग्रीको किनबेच गर्दा कलैयामा लाखौंको आर्थिक कारोवार हुने अनुमान गरिएको कलैयाका व्यपारी सुरेश कुमार साहले जानकारी दिए ।

प्रत्येक घरमा यी सबै सामाग्री आवश्यक पर्ने भएकोले यसको कारोवार अत्याधिक हुने उनले जानकारी दिए । अहिले बजारमा भाडा कुडा देखी लिएर फुल, झालर बत्ती लगायतले बजार भरीभराउ देखिन थालेको छ । आर्थिक मन्दीले सुस्त बनेको व्यपार चाडपर्वको कारण विस्तारै गति लिन थालेको स्थानीय व्यपारीहरुले बताएका छन ।

 

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस