मधेशमा विकासको ओईरो ल्याउने संघियता माथी अहिले पनि खतरा रहेको जसपा अध्यक्ष उपेन्द्र यादवको दाबी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
5 मि. पढ्न लाग्ने समय

बारा– मधेशमा विकासको ओईरो ल्याउने र मधेशीको अधिकारको रक्षा गर्ने संघियता माथी अहिले पनि खतरा रहेको जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले दाबी गरेका छन ।

केन्द्र सरकारको अधिकार विकेन्द्रित गर्ने संघियतालाई एमाले, कांग्रेस सहितको संघियता विरोधी दलले अहिले सम्म स्वीकार्य नगरेको आरोप समेत अध्यक्ष यादवले लगाए ।

जनता समाजवादी पार्टी बाराले आईतबार बाराको महागढीमाई नगरपालिका–७ तेलकुवा स्थित रहेको महादेव मन्दिर प्राङ्गणमा आयोजना गरेको शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन ।

३४ वर्ष देखी देशलाई बेरोजगारी र विपतीको भूमरीमा धकेल्ने एमाले, काग्रेंसलाई आउने निर्वाचनमा ब्यालेटबाट परास्त गर्न र जसपालाई मजबुत बनाउन आम मतदातासंग उनले आग्रह गरे ।

मधेशको भूमीलाई मरुभूमीमा परिणत गर्ने चुरे उत्खनन कार्यलाई रोक्न सुझाव समेत उनले दिए । देशमा बहुदलीय व्यवस्था लागू भएको ३४ वर्ष देखि नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दै आए पनि उनीहरुले देश बनाउन नसकेको उनले आरोप लगाए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले बहुदलीय व्यवस्था लागु भएपछि कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व गर्न थालेपछि देशका सबै उद्योग कलकारखाना बन्द भएको बताए ।

लाखौं व्यक्तिले रोजगारी पाएको देशका ठूलठूला उद्योग कल कारखानाहरु बन्द भएपछि लाखौं युवा रोजगारी नपाएर कतार, दुबई, सउदी, मलेसिया लगायतका खाडी मुलुकमा श्रम गर्न जान बाध्य भएको उनले बताए ।

वर्तमान संविधान मधेश र मधेशी जनताको पक्षमा नरहेकोले संविधान संशोधन गरी मधेशी जनताको बाँकी रहेको अधिकार दिलाउन आफूहरु संघर्षरत रहेको अध्यक्ष यादवको जिकिर थियो ।

विगतमा आफूले गरेको मधेश जनविद्रोहको बलमा देशमा संघीयता आएको तर अहिले देशी विदेशी शक्तिले संघीयतालाई समाप्त पार्ने षडयन्त्रमा लागेको उनले आरोप लगाए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष यादव तथा पुर्वउपप्रधानमन्त्री समेत रहेका बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले शहिदको फोटोमा फुलमाला अर्पण गरि कार्यक्रमको उद्घघाटन गरेका थिए ।

उक्त अवसरमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादबले तत्काल बैठक राखेर सिहदरबारको अगाडि दिपवाली छठको बिचमै धर्ना दिने बताए ।

संघियताको कार्वान्वयन नभएसम्म सिहदरबार घेराउ नछाड्ने बताउदै मुख्यमन्त्री यादबले मेरो आन्दोलनमा साथ दिन र जिल्ला जिल्लामा आन्दोलन गर्न मुख्यमन्त्री यादबले बताए ।

मुख्यमन्त्री यादबले जग्गा ब्यबस्थापन गर्न नसकेर बारामा मेडिकल, ईन्जिनियरिङ र भेटनरी कलेज शुरु गर्न नसकेको बताए । प्रदेश माताहातमा जग्गा भएपनि ऐन कानुन नभएका कारण जग्गा प्रदेशमा आउन नसक्दा बिकासको काम गर्न समस्या भएको उनले बताए ।
‘स्थानीयले २/४ किलो घरायसी समान ल्याउदा राजस्व चुहावट हुने भन्दै पक्राउ गर्ने प्रहरीले दिनमै हत्या भईरहेको छ,’ उनले भने, ‘एक महिनामा तीन हत्या भईसक्यो ।’ बारामा पटक पटक हत्याको श्रृङखला भईरहेको छ कस्ले जिम्मा लिने ? कहिले गर्ने प्रहरी र कर्मचारी समायोजन ? मुख्यमन्त्री यादबको प्रश्न थियो ।

एक पालिकाको प्रमुख सरुवा गर्न प्रधानमन्त्रीलाई भन्दा समेत काम नभएको बताउदै संघीय सरकारको मन्त्रीहरुले प्रधानमन्त्रीको कुरा अटेर गरेको उनले बताए । उनले नेपाली कांग्रेस र नेकपा एमालेले पटक पटक सरकारको नेतृत्व गर्दै देशभरका उद्योग धन्दा बेचेर खाएको आरोप समेत उनले लगाए ।

साझा सस्था, वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना लगायतका उद्योग नेपाली कांग्रेस र एमालेले बेचेर खाएको उनले आरोप लगाए ।
उक्त कार्यक्रममा मधेस प्रदेशका अध्यक्ष समेत रहेका बारा क्षेत्र नम्बर ३ का पुर्वप्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव, बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य पारस प्रसाद साह, जसपा पार्टी बाराका पुर्व अध्यक्ष अजय पटेल, बारा क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य शारदा शंकर साह कलवार, क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य बच्चा राउत अहिर, मधेश प्रदेशका पूर्वराज्य मन्त्री योगेन्द्र यादव, पुर्व अर्थ राज्यमन्त्री उषा कुमारी यादव, पार्टीका केन्द्रीय सदस्य रामकिशोर यादव, प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाई, बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जैसवाल, करैयामाई गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादव, देवताल गाउँपालिका अध्यक्ष उदय प्रसाद यादव, सुवर्ण गाउँपालिका पुर्व अध्यक्ष महेन्द्र प्रसाद यादव, समाजवादी युवा संघ बाराका अध्यक्ष सुजित पाण्डे, पचरौता नगरपालिका पुर्व नगर प्रमुख रमेश यादव, बारा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति कमलेश मण्डल, कलैया उपमहानगर–८ का वार्ड अध्यक्ष रन्जित चौरसिया, देवताल गाउँपालिका–१ का वार्ड अध्यक्ष अरुण सिंह लगायतले दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै संघियता विरोधीलाई परास्त गर्न सम्पुर्ण मधेशी समुदायसंग आग्रह समेत गरेका छन ।

जनता समाजवादी पार्टी नेपाल बाराका अध्यक्ष रामबाबु प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई संचालन जसपा बाराका जिल्ला सचिव मुर्तुजा अन्सारीले गरेका थिए ।

उक्त अवसरमा नेपाली कांग्रेसका क्षेत्र नम्बर २ क क्षेत्रीय सचिव कमल साह र जैसी यादव सहित ५० भन्दा बढी ब्याक्तीहरु पार्टी परित्याग गरि नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका थिए ।

यो लेख शेयर गर्नुहोस