जाजरकोट– जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर शुक्रवार मध्यरातीमा गएको विनाशकारी भूकम्पमा परेर मृत्यु हुनेको संख्या एक सय ३८ पुगेको छ ।
दिउँसो १ बजेको अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो । दुवै जिल्लाको मृतकको संख्या जोड्दा एक सय ३८ पुगेको हो ।
त्यस्तै जाजरकोटमा ८१ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ७५ जना घाइते भएका छन् । भूकम्पबाट दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जना घाइते भएका छन् । गएराति जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।