रुकुम पश्चिम– जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर शुक्रवार मध्यरातीमा गएको विनाशकारी भूकम्पमा रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ ।
आठबीसकोट नगरपालिका–१४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँके टोल र पिपलचौर सहितका गाउँका गरी २७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
भूकम्पले आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ठूलो मानवीय क्षती पु¥याएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । तर त्यसमध्ये आठबीसकोट–१४ का मात्रै २७ जनाको मृत्यु भएको छ । त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपलचौरका १ जना रहेको प्रहरीले जनाएको छ । यहाँ अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।