बारामा संचालित रिलायन्स चिनी उद्योगद्वारा पैसा र पावरको बलमा कुलो र खोलाको जग्गा अतिक्रमण

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 711
2 मि. पढ्न लाग्ने समय

बारा– बाराको श्रीपुर स्थित रहेको रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज मनहर्वाका संचालक राजकुमार गाडियाले सार्वजनिक कुलो मिचेर मनोपोली गरेपछि स्थानीय वासिन्दाले त्यसको विरोध गरेका छन ।

उद्योग संचालक गाडियाको ठाडो निर्देशनमा कुलो मिचेर प्रयोग गर्दै आएको जग्गामा पुनः पक्की संरचना (उखु नापतौल गर्ने) काटा निर्माण गर्न ठुल्लो खाल्डो बनाईएपछि स्थानीयले त्यसको चर्को विरोध गरेका हुन ।

स्थानीय प्रहरी प्रशासन र मन्त्रीको धाक देखाउदै चिनीमिलका साहु गाडियाले पैसा र पावरको बलमा कुलो अतिक्रमण गरेको कलैया उपमहानगरपालिका वडा नं. १६ का वडासदस्य ओमप्रकास यादवले गुनासो गरे ।

‘चिनीमिलका साहु गाडियाले अति गरेपछि आफुहरु विरोधमा उत्रिन बाध्य भाएका हौं,’ उनले भने, ‘चिनीमिलका साहु गाडियाले चिनीमिल बन्द गरीदिन्छु भनी धाक देखाएर आफुहरुलाई ब्लैकमेल गर्छन ।’ चिनीमिल बन्द भएपछि हजारौं किसानलाई मर्का पर्ने भएकोले आफुहरु गाडियाको अत्याचार सहेर चुप लागेर बस्न वाध्य हुनु परेको उनले बताए ।

गाडियाले अनियमितता गरेको कुरा उठाउन खोज्दा चुप लागेर बस्नुस नत्र विरोध गरे उद्योग बन्द गरेर हिडिदिने धाक गाडियाले लगाउदै आएको अर्का स्थानीय राघव गुप्ताले आरोप लगाए ।

‘गाडियाको एउटै उदेश्य छ सार्वजनिक जग्गा हड्प्ने,’ उनले भने, ‘हामीले हाम्रो सार्वजनिक कुलो जसरी भएपनि संरक्षण गर्छौ ।’ गाडियाले लगाएको धाकबाट तडराउदैनौं । गाडिया चिनीमिल संचालक मात्र होईन । कुख्यात भू माफिया भएको उनले आरोप लगाए ।

चिनीमिललाई देखाएर गाडियाले जग्गा र चिनीको व्यापार गर्दै आएको उनले आरोप समेत लगाए । चिनीमिलको अत्याचारबाट असह्य भएर कुलोका संरक्षकहरु कलैया उपमहानगरपालिका १६ का स्थानीयहरु पुन्देव साह, हृदयनारायण प्रसाद यादव, सुशील कुमार यादव, श्यामबाबु प्रसाद यादव, राघव गुप्ता, वडासदस्य ओमप्रकास यादव लगायतका नेता भद्रभलादमी मिचेको जग्गा संरक्षण गर्न माग गर्दै चिनीमिलमा आईपुगेका थिए ।

सार्वजनिक जग्गा मिच्ने रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालिका संचालक राजकुमार गाडियाले प्रतिक्रिया दिन अस्विकार गरेका छन ।

उद्योगले स्थानीय प्रहरी प्रशासनको उपस्थितीमा आईन्दा गल्ती नदोहोर्याउने प्रतिवद्धता सहित एक सहमति पत्रमा हस्ताक्षर गरेपछि अवस्था सामान्य बनेको स्थानीय सुभाष यादवले जानकारी दिए । उद्योगले स्थानीयलाई दबाबमा राखेर सार्वजनिक जग्गा, खोला, कुलो अतिक्रमण गरेको उनले आरो लगाए ।

 

यो लेख शेयर गर्नुहोस