कलैयामा दिन दहाडै गोली प्रहार गरी एक निजी विद्यालयका प्रधानाध्यापकको हत्या

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.4k
1 मि. पढ्न लाग्ने समय

बारा– बारा सदरमुकाम कलैयामा सोमवार दिउसो एक निजी विद्यालयका प्रधानाध्यापकको गोली हानी हत्या गरिएको छ ।

अज्ञात समुहले विद्यालयबाट बाहिर निस्केका बाल एकता बोर्डिङ्ग स्कुल कलैयाका प्रधानाध्यापक कलैया उपमहानगरपालिका वडा नं. १ निवासी गुड्डु भने रुपेश स्वर्णकारको गोली हानी हत्या गरेको हो ।

स्वर्णकार माथी कलैया मदर्सा स्थित ग्रीन भ्याली बोर्डिङ्ग स्कुल अगाडी गोली प्रहार भएको थियो । नचिनेको व्यक्तीले स्वर्णकार माथी गोली प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन ।

दिनहु घरबाट विद्यालय र विद्यालयबाट घर ओहोर दोहोर गर्ने बाटोमा एम्बुस थापेर बसेको अपराधीले शिक्षा प्रेमी स्वर्णकार माथी गोली प्रहार गरेको स्थानीयको भनाई छ ।

टाउको र छातीमा गोली लागेका स्वर्णकारको उपचारको क्रममा पर्साको गण्डक स्थित वयोधा मेडिसिटी अस्पतालमा अपरान्ह करीब पौने ३ बजे मृत्यु भएको अस्पतालमा उपस्थित आफन्तले जानकारी दिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट ठुल्लो संख्यामा प्रहरी परिचालन भएको र गोली प्रहार गर्ने व्यक्तीको खोजतलास सुरु गरिएको प्रहरीले जनाएको छ । घटनापछि कलैया बजारमा त्रास उत्पन्न भएको स्थानीयले बताएका छन ।

यो लेख शेयर गर्नुहोस