कलैयामा दिन दहाडै एक निजी विद्यालयका प्रधानाध्यापक स्वर्णकार माथी गोली प्रहर

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 397
1 मि. पढ्न लाग्ने समय

बारा– बारा सदरमुकाम कलैयामा सोमवार दिउसो एक निजी विद्यालयका प्रधानाध्यापक माथी गोली प्रहार भएको छ । विद्यालयबाट बाहिर निस्केका बाल एकता बोर्डिङ्ग स्कुल कलैयाका प्रधानाध्यापक कलैया उपमहानगरपालिका वडा नं. १ निवासी गुड्डु भने रुपेश स्वर्णकार माथी कलैया मदर्सा स्थित ग्रीन भ्याली बोर्डिङ्ग स्कुल अगाडी गोली प्रहार भएको हो ।

नचिनेको व्यक्तीले स्वर्णकार माथी गोली प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन । दिनहु घरबाट विद्यालय र विद्यालयबाट घर ओहोर दोहोर गर्ने बाटोमा एम्बुस थापेर बसेको अपराधीले शिक्षा प्रेमी स्वर्णकार माथी गोली प्रहार गरेको स्थानीयको भनाई छ ।

गम्भिर घाईते स्वर्णकारको टाउको र छातीमा गरी दुई वटा गोली लागेको उनको उपचारमा संलग्न आफन्तले बताएका छन । उनको पर्साको गण्डक स्थित वयोधा मेडिसिटी अस्पतालमा उपचार भईरहेको र अवस्था गम्भिर रहेको उपचारमा उपस्थित आफन्तले बताएका छन ।

यस सम्बन्धमा जानकारी लिन जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधीराम न्यौपानेसंग पटक पटक फोन सम्पर्क गर्दा समचार तयार पार्दा सम्म उनको फोन उठेन ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट ठुल्लो संख्यामा प्रहरी परिचालन भएको र प्रहरीले गोली प्रहार गर्ने व्यक्तीको खोजतलास सुरु गरेको स्थानीयले बताएका छन ।

यो लेख शेयर गर्नुहोस