कवहीजब्दीमा मोर्चा गठन

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 994
1 मि. पढ्न लाग्ने समय

बारा– बाराको महागढीमाई नगरपालिका ५ कवहीजब्दीमा नेपाल राष्ट्रवादी संयुक्त मोर्चाको वडा कमिटी गठन भएको छ ।

मोर्चा बाराका जिल्ला संयोजक नेमी राउत कुर्मी, कोषाध्यक्ष किसुन दास, बारा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष जगदेव महतो, सचिव देवराज प्रसाद दगायतको विशेष उपस्थितमा सम्पन्न भेलाले वडा कमिटी गठन गरेको हो ।

नवगठित वडास्तरिय मोर्चाको अध्यक्षमा दिपक कुमार राम, उपाध्यक्षमा सनिया कुमारी, सचिवमा बबिता कुमारी राम, कोषध्यक्षमा सुनिता राम, सह सचिवमा जिउत महरा लगायत २१ जना रहेका छन ।

यसैगरी सोही भेलाले सुगान्धी देवी रामको अध्यक्षतामा मोर्चाको महिला कमिटी समेत गठन गरेको छ ।

महिला कमिटीको उपाध्यक्षमा लीलावती देवी राम, सचिवमा जिवती देवी राम, सह सचिवमा आरती देवी राम लगायत २१ जना रहेका छन ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस