पर्सा– भारतबाट नेपालमा विधिवत रुपले नियम पुर्याई भित्रिने पंगास, रोहु लगायत जातका माच्छामा फर्मालिन तथा गुणस्तरको जाच अनिवार्य गरिएको छ ।
मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले माच्छा सुरक्षित पार्न व्यपारीले फर्मालिन प्रयोग गरेको÷नगरेको पता लगाउन नेपाल भित्रियाउन लागेको हरेक गाडीमा लोड गरिएको माच्छामा फर्मालिन जाच गर्ने गरिएको पशु क्वारेन्टाईन कार्यालय बीरगंजका प्रमुख डा. हरेराम यादवले जानकारी दिनु भयो ।
भारतको आन्ध्र प्रदेशबाट ल्याईएको माच्छा बीरगंज भन्सार कार्यालय (आई.सी.पी) मै पुगेर सबै डकुमेन्ट हेरेर माच्छामा फर्मालनि, कोल्डचयन, म्यूकस, गिल्सको रंग, स्मेल लगायत जाच गर्ने गरिएको उहाले जानकारी दिनु भयो ।
बीरगंज भन्सार नाकाबाट दिनहु सरदर दुई पिकप भ्यानमा भारतिय माच्छा नेपाल भित्रिने गरेको उहाले जानकारी दिनु भयो । ‘नेपाल भित्रिएको माच्छामा फर्मालिन लगायतका जाच नभएसम्म नेपाली बजारमा पुर्याउन अनुमति दिईदैन,’ उहाले भन्नु भयो, ‘रैपिड फर्मालिन टेष्ट किटबाट अनिवार्य परिक्षण गर्ने गरेका छौं ।’ फर्मालिन सहितको जाच बिना भन्सारबाट माच्छा बोकेको कुनै पनि सवारीलाई नेपाल भित्रिन नदिईएको उहाको भनाई छ ।
भारतबाट बीरगंज नाका हुदै नेपाल भित्रिएको माच्छालाई जाच गर्दा अहिले सम्म कुनै माच्छामा फर्मालिन प्रयोग गरेको नभेटिएको डा. यादवको भनाई छ ।
बीरगंजबाट छुटेको माच्छा राजधानी काठमाण्डौं सहित नेपाली शहर पोखरा, चितवन, मलेखु लगायतका स्थानमा पुग्ने गरेको छ । फर्मालिन मानव स्वास्थ्यको लागी हानिकारक रसायन भएको र यसलाई मृत मानव शरिरलाई सुरक्षित साथ लामो समय सम्म राख्न प्रयोग गर्ने गरिएको डा. यादवले जानकारी दिनु भयो ।
कतिपय व्यपारीले माच्छालाई बिग्रिन नदिन फर्मालिनको प्रयोग गरेको गुनासो बढेपछि फर्मालिन जाच प्रति संवेदनशील भएर कडाईका साथ जाच गर्ने गरिएको पशु क्वारेन्टाईन कार्यालय बीरगंजले जनाएको छ ।