बारा–जितपुरसिमरा उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख डा. कृष्ण पौडेल आफ्नै घरमा बिहिवार साझ मृत अवस्थामा फेला परेका छन ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २ सिमरा स्थित आफ्नै घरको बेड रुममा लडी रहेको अवस्थामा बिहिवार साझ करीब ७ बजे निवर्तमान नगरप्रमुख पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।
‘आफ्नै बेडबाट लडीरहेको अवस्थामा पुर्व मेयर पौडेलको शव फेला परेको छ,’ उनले भने, ‘मृतकको घरमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोली पुगेको छ ।’ उनको मृत्यु कसरी भएको हो खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको र मृतकको शवको जाचपडताल गरीरहेको प्रहरीले जनाएको छ । घटनास्थल मुचुल्का उठाएपछि शव परिक्षणको लागी पठाईने प्रहरीले जनाएको छ ।
मृतकको शव परिक्षणको लागी अस्पताल पठाईने र पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । लामो समय देखि मान्सिक तनाव खेपिरहेका डा. पौडेल आज घरमा एक्लै रहेको र एक्कासी उनको मृत्युको खबर सुनिएको नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीले बताए ।
राती अबेर सम्म घरको ढोका नखोलेपछि प्रहरीको सहयोगमा ढोका फोडेर हेर्दा पुर्व मेयर पौडेल बेडबाट लडी मृत्यु भईसकेको अवस्थामा फेला परेका थिए । पौडेलको निधनको खबरले पुरै जितपुर सिमरावासी स्तब्ध बनेका छन ।
सिमरा कलेजका पुर्व प्रध्यापक तथा हातेमालो ऋण सहकारी संस्थाका संस्थापक समेत रहेका पौडेल सहकारी अभियन्ता समेत थिए ।
नेकपा एमालेका मधेश प्रदेश सचिव समेत रहेका डा. पौडेलको निधन प्रति एमाले अध्यक्ष एव्म पुर्व प्रधानमन्त्री केपी ओलीले बिहिवार राती ट्वीटरमा गहिरो दुःख व्यक्त गरेका छन ।
नेकपा एमालेका मधेश प्रदेश सचिव समेत रहेका डा. पौडेलको निधन प्रति एमाले अध्यक्ष एव्म पुर्व प्रधानमन्त्री केपी ओलीले बिहिवार राती ट्वीटरमा गहिरो दुःख व्यक्त गरेका छन ।
दिवंगत पौडेलप्रति पुर्व प्रधानमन्त्री ओलीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गरेका छन ।
पुर्वप्रधानमन्त्री ओलीको विश्वासपात्र समेत रहेका पौडेलको निधनको खबरले एमालेलाई अपुर्णिय क्षति पुगेको छ ।
पुर्वप्रधानमन्त्री ओलीको विश्वासपात्र समेत रहेका पौडेलको निधनको खबरले एमालेलाई अपुर्णिय क्षति पुगेको छ ।
नेकपा एमालेको टिकटमा २०७४ सालको स्थानीय तहको निर्वाचनबाट जितपुर सिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित भएका थिए । नेकपा एमालेको मधेश प्रदेशको पहिलो अधिवेशन जनकपुरधाममा चलिरहदा प्रदेश सचिव पौडेलको निधनको खबर साझ तिर बाहिरिएको थियो ।