झौवागुठी पोखरीमा डुबेर वृद्धको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 871
1 मि. पढ्न लाग्ने समय

पर्सा– पर्साको विन्दवासिनी गाउपालिक ३ झौवागुठी स्थित पोखरीमा डुबेर आईतवार एक वृद्धको ज्यान गएको छ ।

भैसी चराउन गोठालो गएका स्थानीय ७० वर्षिय महेन्द्र राउत गद्दीको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

अपरान्ह साढे ४ बजे गद्दीको शव स्थानीय माछापोखरीमा फेला परेको उनले बताए ।

मृतकको शव परिक्षणको लागी नारायणी अस्पताल बीरगंजमा ल्याईएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको डिएपी खनालले बताए ।

सावधानी नअपनाउदा डुबेर, करेन्ट लागेर बारा पर्सामा ज्यान गुमाउने घटनामा वृद्धी भएको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस