जनकपुर बिग मार्टमा आगलागी १० करोड बढीको क्षति

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 281
1 मि. पढ्न लाग्ने समय

जनकपुर– जनकपुर बिग मार्टमा मंगलवार राती भिषण आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको मार्टमा राति करीब सवा ११ बजे एक्कासी आगलागी भएको थियो । राती देखी लागेको बुधवार बिहान मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीय लगायतको सहयोगमा आगलागी नियन्त्रण भएको हो ।
आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ । सञ्चालक रामबाबु रायले राति ११ बजे मार्टभित्र अचानक आगो सल्केको थाहा पाएको बताए ।

मार्टको सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको सञ्चालक रायको दाबी छ । मार्टको दोस्रो तल्लमा बसिरहेका राय दम्पतीले भागेर ज्यान बचाएको बताएका छन् ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस