बारा- टिकटक बनाउन, फेसबुक, ईन्सटाग्राम चलाउन बढी प्रयाेग गरिने माेबाईललाई पछिलाे समय याेगाभ्यासमा प्रयाेग गर्ने चलन बढदै गएकाे छ ।
सर्वसाधारण माेबाईल हेरेर फैसन मात्र हाेईन याेगाकाे पनि नक्कल गर्न थालेका छन । बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ८ देवीगंज निवासी राकेश पाण्डे बुधवार बिहान याेगा गर्दै रहेकाे अवस्थामा भेटिए ।
उनी याेगाकाे विधि याद गरेर हाेईन माेबाईलबाट याेग विधि सुनेर याेगाभ्यास गरीरहेका थिए । यसरी माेबाईलबाट सुनेर याेगाभ्यास गर्ने उनी एक्लाे मान्छे हाेईनन् । उनी प्रतिनिधि पात्र मात्र हुन ।
जिल्लामा माेबाईल सुविधा भएका अधिकांस पढेलेखेका तथा कर्मचारी वर्गका व्यक्तिहरु यसरी नै माेबाईलमा अपलाेड गरियाे याेगाविधीलाई नक्कल गरि याेगा गर्ने क्रम बढेकाे स्थानियले बताएका छन ।
यसरी नक्कल गरिएकाे याेगाअभ्यासका कारण याेगाकाे यथार्थ माैलिक्ता हराउदै गएकाे र परनिर्भरता हाबी हुँदै गएकाे भन्दै बुढापाकाले चिन्ता व्यक्त गरेका छन । उनीहरुले याेगालाई नक्कल गरेर हाेईन याेगाविधीकाे आफै अभ्यास गरेर नक्कल गर्ने बानीलाई परित्याग गर्न सुझाव दिएका छन ।