भुकम्पबाट बझाङ्गमा एकको मृत्यु, १७ बढी घाईते, पुनः सात दशमलव चार रेक्टरको महाभूकम्प आउने संकेत

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 633
4 मि. पढ्न लाग्ने समय

बारा– बझाङलाई केन्द्रविन्दु बनाई मंगलवार पाच पटक आएको भूकम्प महाभुकम्पको पुर्व संकेत भएको विज्ञहरुले बताएका छन ।

्पुर्व चेतावनी पछि सात दशमलव चार रेक्टरको महाभूकम्प आउने विज्ञहरुले अनुमान गरेका छन । भुकम्पबाट हुने क्षतिबाट जोगिन समयमै सचेत रहन विज्ञहरुले सुझाव समेत दिएका छन ।

महाभुकम्पको पुर्व चेतावनीको रुपमा मंगलवार आएको भुकम्पको धक्का बारा, पर्सा, रौतहटमा समेत महशुस गरिएको स्थानीयले बताएका छन ।

भुकम्पका कारण अहिलेसम्म बझाङमा एक जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएको जिल्ला प्रशासन कार्यालय बझाङ्गकी प्रवक्ता एवम सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले जानकारी दिईन ।

भुकम्पका कारण आएको पहिरोमा पुरिएर जयपृथ्वी नगरपालिका वडा नं. ११ ओखरमा एक महिलाको मृत्यु भएको प्रवक्ता जोशीले जानकारी दिईन । पहिरोमा पुरिएर स्थानीय ४० वर्षिया गुणमति धामीको मृत्यु भएको उनले जानकारी दिईन ।

भुकम्पले तमैल जालेबगडमा काम गर्ने मजदुर घाइते भएका छन् । काम गरिरहेको अवस्थामा माथीबाट आएको पहिरोले दुई जना मध्ये बाजुरा जिल्ला छेडेदह गाउँपालिका वडा न ४ का दीर्गबहादुर धामीलाइ धेरै चोट लागेको छ । उनको मटेला स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

भुकम्पका कारण विद्युत अवरुद्ध भएको छ । ठाउँ ठाउँमा गएको पहिरोले सडक चर्किएका कारण जयपृथ्वी राजमार्ग अबरुद्ध भएको छ । तमैल– चैनपुर सडक खण्ड पूर्ण रुपमा बन्द भएको सहायक प्रजिअ जोशीले बताईन ।

यसैगरी भुकम्पकै कारण जाल्पा र सत्यबादी माबिका गरि ८ जना विद्यार्थी घाइते भएका छन् भने बुंगल नगरपालिका २ मा रहेको कलक धामीको घरमा पूर्ण क्षति भएको छ । तलकोटमा रहेको तलकोट दरवारमा आंशिक क्षति पुगेको उनले जानकारी दिईन ।

खप्तडछान्ना गाउँपालिका ५ कालुखेती स्थित खप्तड माविको (कक्षा ११–१२) पढाइ हुने भवनमा क्षति पुगेको छ ।

दुर्गाथली गाउँपालिका वार्ड नम्बर ४ सिम्पाटाका केही घरहरु र वार्ड नम्बर २ को दुर्गाथली महालिंग आधारभुत विद्यालयमा क्षति पुगको छ । जिल्ला निर्वाचन कार्यालयको भवन चर्किएको उनले जानकारी दिईन ।

‘भुकम्पका कारण सामान्य घाईते हुने व्यक्तीको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ,’ उनले भनिन, ‘दिउसो भुकम्प आएकोले मानविय क्षति कम भएपनि भौतिक क्षति बढी भएको छ ।’ क्षतिको यकिन विवरण आउन नसकेको उनले बताईन । घाईतेलाई उद्धार गरी अस्पताल पुर्याउने काम र घरवार विहिन बनेकालाई त्रिपाल वितरण कार्य समेत सुरु गरिएको उनले बताईन ।

भुकम्पको त्रासले जिल्लाका अधिकांश परिवार अहिले घर वाहिर बसीरहेको उनले जानकारी दिईन ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए ।

उनका अनुसार, ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

ठूलो भूकम्पपछि पनि लगातार परकम्पहरु गइरहेको हुनाले खुला ठाँउमा सुरक्षित भएर बस्न र सावधानी अपनाउन तामाङको सुझाव छ ।

पटक–पटक परकम्प गइरहेको हुनाले अहिले स्थानीय बासिन्दा घरबाहिर खुला चौरमा बसिरहेका छन् । भूकम्पको धक्का छिमेकी प्रदेश र भारतको दिल्लीसम्म पनि महसुस भएको जनाइएको छ ।

भारतिय संचारमाध्यम आजतकका अनुसार दिल्ली एनसीआर क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्काका कारण जिल्ला अस्पतालमा भएका बिरामीहरुलाई पनि बाहिर निकालिएको छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस