बारा– ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी प्रदीप बहादुर क्षेत्रीको कारण आफुहरु थप पीडित बनेको जितपुरका एक पीडित परिवारले आरोप लगाएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जितपुर नसिम टोल बस्ने पीडित २१ वर्षिय मोमताज अन्सारीले यस्तो आरोप लगाएका हुन ।
डिएसपी क्षेत्रीले पीडकलाई कानुनी दायरामा ल्याई कारवाहीको प्रक्रियामा नल्याई उल्टै संरक्षण गर्दा आफुहरु थप पीडित बनेको पीडितले गुनासो गरेका छन ।
आफ्नो ल्यापटपमा भएको महत्वपुर्ण प्रमाण एस के मोबाईल हब जितपुरका संचालक ४० वर्षिय राजेश कुमार गुप्ता, ३८ वर्षिय राजु गुप्ता र २८ वर्षिय विनेश गुप्ता समेत मिली मेटाउने काम गरेको पीडित मोमताज अन्सारीले आरोप लगाएका छन ।
आफ्नो ल्यापटपमा भएको डकुमेन्ट किन नष्ट गरेको सोध्दा तीनै जना भाई मिलेर आफुलाई कुटपिट गरेको र ज्यान मार्ने समेत धम्की दिएको पीडितको भनाई छ ।
तीनै संचालकबाट असुरक्षित भई ईलाका प्रहरी कार्यालय सिमरामा लिखित निवेदन लिएर जादा प्रहरीले बेवास्ता गरेको पीडितको भनाई छ ।
‘सुरुमा निवेदन लिन प्रहरीले आलटाल ग¥यो,’ उनले भने, ‘पछि निवेदन लिएपनि अहिले सम्म दर्ता ग¥यो कि गरेन आफुलाई कुनै जानकारी छैन ।’ निवेदन दर्ता नै नगरी ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी प्रदीप बहादुर क्षेत्रीलेले छलफलको लागी आफु सहित विपक्षीहरुलाई ईप्रका कार्यालय परिसरमै उपस्थित हुन आदेश दिए ।
उनको आदेश अनुसार आफुहरु कार्यालयमा उपस्थित भयौं तर प्रहरीले मिलापत्र गर भन्दै विपक्षीहरु तीनै जनालाई आफुखुशी छाडीदिएको पीडित अन्सारीले गुनासो गरे ।
राजनीतिक दबाब तथा आर्थिक प्रलोभनमा परी डिएसपी क्षेत्रीले उल्टै पीडिकलाई सघाउने काम गरेको पीडित अन्सारीको भनाई छ ।
राजनीतिक दबाबका कारण विपक्षी तीनै जनालाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको आरोप पीडित अन्सारीले लगाएका छन ।
प्रहरीद्वारा पक्राउ पर्नबाट बच्न र वास्तविक घटनालाई आझोलमा पार्न राजेश गुप्ता समेतले उल्टै आफुहरु विरुद्ध उच्च अदालत जनकपुर अस्थायी ईजलास बीरगंजमा २०८० भदौं २५ गते (मुद्दा नं. ०८०–डब्लु ओ–०२३२) निषेधाज्ञा मुद्दा समेत दिएको पीडितको भनाई छ ।
आफुहरुले न्याय पाउनुको सटा उल्टै निषेधाज्ञाको झमेलामा पसेको र जवाब लगाउन कामकाज छाडेर अदालत धाउनु परेको पीडितको भनाई छ ।
निषेधाज्ञा मुद्दा गरेका राजेश समेतले प्रहरीलाई नै चुनौती दिदै दोश्रो पटक असोज २ गते करीब ११ बजेको समयमा आमा ६० वर्षिया सवरा खातुनलाई घरमै आएर निर्घात कुटपिट गरेको पीडित मोमताजले बताए ।
प्रहरीले आफुहरुलाई पक्राउ गर्दैन भन्दै उनीहरु समेतले आफ्नै जातीका निर्वाचित वडाध्यक्ष सुनिल कुमार गुप्ताको अगुवाईमा करीब १२ जनाले घरमै आएर आमा सवरालाई ज्यान मार्ने नियतले गुण्डागर्दी शैलीमा सामुहिक आक्रमण गरेको पीडित मोमताजकी दिदी रिजवाना खातुनले बताईन ।
‘अहिले घाईते आमा उपचारकै क्रममा हुनुहुन्छ,’ उनले भनिन, ‘ती अपराधीहरुले टाउको, ढाड, छाती लगायतमा लातजुता तथा घरेलु हतियारले प्रहार गरेका थिए ।’ उनीहरुले आमा माथी आक्रमण गरेको खबर पाएपछि परिवार एकजुट भई प्रतिकार गर्दा अपराधीहरु फरार भएका थिए । ती अपराधीहरु मध्ये वडाध्यक्ष सुनिल सहितका व्यक्तीहरु नजिकैको संजिवनी वाटिका वृद्धाश्रममा लुकेका थिए ।
घटनाबारे जानकारी पाएर पुगेको प्रहरी टोलीले संजिवनी वाटिका भित्र लुकेका अपराधीलाई नपक्रकेको पीडित खातुनले आरोप लगाईन । आँखै अगाडी रहेका अपराधीलाई प्रहरीले नियन्त्रणमा नलिएको उनले आरोप लगाईन । प्रहरीले अपराधी नसमात्नुको कारण वडाध्यक्ष सबैसंग मिलेमतो रहेको आशंका उब्जेको उनले बताईन ।
प्रहरीले अपराधीहरुलाई कानुनी दायरामा नल्याउदा आफुहरु थप पीडित र असुरक्षित बनेको पीडित परिवारको गुनासो छ । उच्च अदालत बीरगंजद्वारा निषेधाज्ञा जारी गरेको व्यक्तीलाई पक्राउ गर्न नमिल्ने भन्दै डिएसपी क्षेत्री पंछिने गरेको पीडितको आरोप छ । डिएसपी क्षेत्रीलाई आफुले पीडकलाई संरक्षण नगरेको दाबी गरेका छन ।