गोली प्रहार गरी हत्या गरिएका व्यक्ति भारतीय रहेको खुलासा

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 317
1 मि. पढ्न लाग्ने समय

बारा–बाराको पचरौता नगरपालिका वडा नम्बर–६ लक्ष्मिनिया स्थित रहेको पोखरी नजिक गोली हानी हत्या गरी फालिएको शवको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

नेपाल र भारतको दशगजा नजिकै फेला परेको शव भारत बिहार जिल्ला मोतिहारी, दर्पा थाना–१ , सुक्लहिया गाउँ बस्ने वर्ष २२ को अजित कुमार सिंह रहेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

सोही ठाउँ बस्ने वर्ष २५ का सुजित कुमार सिंहले मृतक अजित कुमार सिंहलाई पछाडिबाट गाली हानी हत्या गरेको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए ।

सुटर अजित सिंहसँगै भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१ सुक्लहिया बस्ने वर्ष २४ को चञ्चल पाण्डे, वर्ष २२ को मनिष कुमार सहनी र वर्ष २० को कामेश्वर सहनी दुईवटा अनटेष्ट मोटरसाईकलमा नेपाल प्रवेश गरेका थिए ।

कर्तव्य गरि तिनीहरू मोटरसाइकल लिएर भारततर्फ फर्केका थिए प्रहरीको अनुसन्धानले देखाएको छ । घटना स्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद गरिएको प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिऐ । हत्या किन गरिएको हो ? भन्नेबारे यकिन भई नसकेको प्रहरी उपरिक्षक काफलेले बताए ।

घटनास्थलको सम्पूर्ण प्रारम्भिक अनुसन्धानको कार्य पश्चात् शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको र अन्य अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अहिले ब्याङ्क प्रहरी परिचालन गरि चेकजाँच तीव्र पारिएको छ ।

 

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस