कांग्रेस बाराका प्रभावशाली नेता राधेचन्द्र यादव अस्वस्थ

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 423
1 मि. पढ्न लाग्ने समय

बारा– नेपाली कांग्रेस बाराका प्रभावशाली नेता एवम पुर्व सांसद राधेचन्द्र यादव अस्वस्थ भएका छन ।

नेपाली कांग्रेस बाराका पुर्व जिल्ला सभापति समेत रहेका नेता यादवको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागी उनलाई अस्पताल भर्ना गरिएको छ ।

७८ वर्षिय नेता यादवको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलवार देखी बीरगंजस्थित तराई अस्पतालमा भर्ना गरिएको परिवारिक स्रोतले जनाएको छ ।

नेता यादवको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भईरहेको उनका छोरा एवम् कांग्रेस बाराका सभापति राजेश राय यादवले जानकारी दिए ।

बुढेसकालमा प्राय ब्यक्तिहरुको भिटामिन र शरीरले पाउनु पार्ने आवश्यक तत्व जस्तो सोडियमको मात्रा केहि कमी भएको कारण बुआलाई अस्पताल भर्ना गरिएको सभापति यादवले जानकारी दिए ।

सोडियमको मात्रा पुरा भएपनि अझै एक÷दुई दिनसम्म अस्पतालमा राख्न सकिने उपचारमा संलग्न चिकित्सकले राय सल्लाह दिएको सभापति यादवले बताए ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस