बारामा सुमो पल्टिदा एकै परिवारका तीन सहित आठ घाईते

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.4k
1 मि. पढ्न लाग्ने समय

बारा– पुर्व–पश्चिम राजमार्ग अन्र्तगत पथलैया–हेटौडा सडक खण्ड अन्र्तगत बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगंजमा बुधवार सुमो दुर्घटनामा परी एकै परिवारका तीन जना सहित ८ जना यात्रु घाईते भएका छन ।

निजगढबाट यात्रु लिएर काठमाण्डौंको लागी छुटेको ना १ ज ३८४७ नम्बरको टाटासुमो अचानक ब्रेक फेल भई दुर्घटना हुदा सुमोमा सवार ८ जना यात्रु घाईते भएका हुन ।

घाईतेहरु मध्ये दुई जनाको अवस्था गम्भिर रहेको र उनीहरुको बाराको नौतन स्थित एल.एस. न्यूरो अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधीराम न्यौपानेले जानकारी दिए ।

सो दुर्घटनामा गम्भिर घाईते भएका बारा जितपुरसिमरा उपमहानगरपालिका १६ पिलुवा बस्ने ३१ वर्षिया आरती तामाङ र सिन्धुलि दुधौली नगरपालिका ९ बस्ने किसान पोख्रेलको टाउको लगायत शरिरको विभिन्न भागमा गम्भिर घाउचोट लागेको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी सुमोमै सवार निजगढ नगरपालिका ८ बस्ने २० वर्षिय बिकास कुमार चौधरी, ६४ वर्षिय नेथुलाल चौधरी र उनकी श्रीमति ६३ वर्षिया सजिया देवी चौधरी, निजगढ नगरपालिका ९ कै १७ वर्षिय आदित्य भण्डरी, ३० वर्षिया सुमित्रा पौडेल न्यौपाने, निजका छोरा ८ वर्षिय सारान्स न्यौपाने समेत घाईते भएका छन ।

उनीहरु सबैको स्थानीय कार्की मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सुमोका चालकलाई ईलाका प्रहरी कार्यालय अमलेखगंजले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस