मधेस प्रदेशमा आजदेखि जसपाको संगठन विस्तार अभियान सुरु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 302
1 मि. पढ्न लाग्ने समय

जनकपुर– जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले संगठन विस्तार अभियान आईतवार देखी सुरु गरेको छ । पार्टीले जनकपुरमा संगठन विस्तार अभियान र अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम समेत तय भएको जनाईएको छ ।

उद्योग वाणिज्य संघको सभाहल जनकपुरधाममा हुने कार्यक्रमको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने तयारी गरिएको जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्याक्ष रामबाबु कुमार यादवले जानकारी दिए ।

कार्यक्रममा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, संघीय परिषद् सदस्य, संघीय सांसद, प्रदेश कार्यकारिणी समिति सदस्य, प्रदेश समिति सदस्य, प्रदेशसभा सदस्य र मधेस प्रदेश परिषद् सदस्यलाइ कार्यक्रममा अनिवार्य उपस्थित हुन भनिएको उनले जानकारी दिए ।

त्यस्तै मधेस प्रदेश अन्तर्गतका भ्रातृ तथा पेसागत संगठनका पदाधिकारी, पार्टी जिल्ला समितिका पदाधिकारी तथा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, पालिका समितिका अध्यक्ष र जिल्लाका भातृ तथा पेसागत संगठनका पदाधिकारीलाई पनि कार्यक्रममा अनिवार्य उपस्थित हुन भनिएको छ ।

कार्यक्रमको उद्घाटन बिहान साढे ११ बजे हुने सो पार्टीको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ । जसपाले ३ महिने अभियान सञ्चालन गरी सबै प्रदेशमा संगठन गठन, पुनर्गठन, प्रशिक्षण तथा अभिमुखकीरण कार्यक्रमलाई तिव्रता दिइरहेको छ ।

यो लेख शेयर गर्नुहोस