धारिलो हतियारबाट काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 392
1 मि. पढ्न लाग्ने समय

काठमाडौं– धारिलो हतियार प्रहार गरी संघिय राजधानी काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीन सहित चार जनाको शुक्रवार राती हत्या भएको छ ।

गैह्रीगाउँको दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको उपत्यका प्रहरीले जनाएको छ ।

हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

चारै जना सोही सःमिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो घाउचोट रहेको एआईजी थापाले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली पुगी सकेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको उपत्यका प्रहरीले जनाएको छ ।

ट्याग्स : , , ,
यो लेख शेयर गर्नुहोस