पवन यादव
बारा– पुर्व–पश्चिम राजमार्ग अन्र्तगत बाराको निजगढ नगरपालिका स्थित रहेको लालबकैया पुलमा दिनहु घण्टौंबेर जाम लाग्दा यात्रुहरु हैरानी व्योहोर्न बाध्य भएका छन । सर्लाही लालबन्दीबाट चितवन हिडेका सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ७ निवासी साजन कुमार राउत पनि पुलमा लागेको जामको सामना गरेका छन ।
बिहान ९ बजेखी १० बजे सम्म जाममा बस्न वाध्य हनु परेको उनले बताए । विक्रम संवत २०२८ सालमा राजमार्गसंगै निर्माण भएको पुल जिर्ण बनेको छ । अर्कोतिर साँघुरो पुलमा ठुला सवारी साधन दुबै तर्फबाट एकैसाथ प्रवेश गरेपछि जाम लाग्ने गरेको राउतले बताए । ‘ठुला सवारी साधनका चालकमा धैर्यता नै देखिदैन,’ उनले भने, ‘हतार गरेर घटौं जाम गराए ।’ पुलमा जर्बजस्ती सवारी चढाउनेलाई ट्राफिक प्रहरीले कावारही नगर्दा वारम्वार जामको समस्या दोहोरीरहेको पीडितहरुले बताएका छन ।
मालवाहक सवारी साधन टिपर, ट्रक, लहरीका चालकले जर्बजस्ती गरेर पुलमा अडकिएर जाम लगाउने गरेको उनले आरोप लगाए । कार्यालयको कामले घरबाट हेटौडा हिडेका निजगढ नगरपालिका ८ निवासी राम न्यौपाने पनि जाममा फसेर रिसाईरहेका थिए । ‘कार्यलय पुग्ने समय भन्दा पनि ढिलो भईसक्यो तै पनि जाम खुलेन,’ उनले भने, ‘ठुला सवारी साधनका चालकको जिद्दीपनाले सयौंको संख्यामा यात्रुहरु दुःख भोग्नु परेको छ ।’ बढदो सवारी साधनको चाप अनुसार, पुल सडकको विस्तार हुन नसक्दा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएको उनले बताए ।
प्रत्येक वर्ष ठुलो संख्यामा सवारी साधन थपिदै गएपनि त्यस अनुसारको सडक संजाल विस्तार हुन नसकेको उनले गुनासो गरे । राजमार्गमा हुने गरेको सवारी जामले राजमार्गको परिभाषा नै फेरिदिएको उनले बताए ।
सोही जाममा फसेर रिसले रातोपिरो बनेका कलैया उपमहानगरपालिका मिश्रीलाल साहले सरकारले गरेको गल्तीको सजाय जनताले भोग्नु परेको बताए । काम विशेषले सर्लाही हिडेका उनी सहितको टोलीको समय जामकै कारण बाटोमा बितेको थियो । ‘सरकारले बढदो सवारी चापको आधारमा सडक तथा पुल फराकिलो गर्नु पर्दैन ?,’ उनले भने, ‘सरकारले सवारी साधनबाट कर मात्र लिने ? हामीलाई मुर्ख बनाउने काम मात्र गरेको छौं ।’ रजामार्गको सुधारको लागी जनताले फेरी आन्दोलन गर्नु पर्छ । मन्त्री नेताहरु राजमार्ग हिडदा पनि उनीहरुको आखाँले अहिले सम्म किन राजमार्गको समस्या नदेखेको भन्दै उनले प्रतिप्रश्न गरे ।
नेता मन्त्रीलाई भत्ता बुझ्न राज्यसंग पैसा छ । राजमार्गको खाल्डो पुर्न, पुलमर्मत गर्न पैसा छैन । देशका नेता स्वार्थी भएकै कारण जनताले दःख पाउनु परेको उनले गुनासो गरे । मालवाहक तथा सवारी साधन गुडने प्रमुख सडकको रुपमा एक मात्र पुर्व–पश्चिम राजमार्ग रहेको छ । त्यसको पनि अवस्था नाजुक नै छ । राजमार्ग सांघुरो भएकै कारण सडक दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
सडकको अवस्था नराम्रो भएकै कारण प्रदेश नम्बर २ मा प्रत्येक महिना महिना साना ठुला गरेर सरदर साढे ३ सय देखी ४ सय वटा सवारी दुर्घटना हुने गरेको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका अधिकारीहरुले बताएका छन । सरकारले राजमार्ग फराकिलो बनाउनुका साथै त्यस रुटमा पर्ने पुललाई समेत फराकिलो बनाउनु पर्नेमा सरोकारवालाहरुको जोड छ ।