पर्साका सशस्त्र प्रहरी उपरीक्षक थपलियाकाे हृदघातबाट निधन

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 885
1 मि. पढ्न लाग्ने समय

बीरगंज- पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको शनिवार हृदयघातबाट निधन भएको छ । ४३ वर्षीय थपलियाले शनिबार बिहान करिब साढे १० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा सहकर्मीहरूलाई आफूलाई असजिलो महसुस भएको बताएका थिए । साइक्लिङ गरेर करिब १० बजे कार्यालय फर्केका थपलियाले सहर्मीहरूलाई ‘छातीमा असजिलो महसुस भएको’ भनेका थिए ।
लगत्तै बेहोस भएका उनलाई उपचारका लागि मेडिसिटी अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । चिकित्सकले करिब १ घण्टा उपचार गरे पनि उनलाई बचाउन नसकेको बताएका छन् । चिकित्सकले थपलियालाई हृदयाघात भएको जानकारी दिएको उनका एक सहकर्मी अधिकृतले बताए । नुवाकोट पुर्ख्यौली घर भएका उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।

ट्याग्स : , ,
यो लेख शेयर गर्नुहोस